arrow

सुपर कप फुटबल एथलेटिकोलाई, गुल्टियो रियाल मड्रिड 

logo
प्रकाशित २०७५ साउन ३१ बिहिबार
athletico-madrid.jpg

काठमाडौं । स्पेनिश लिग ला लिगा सुरु हुनुअघि भएको युएफा सुपर कप फुटबलको उपाधि एथलेटिको मड्रिडले जितेको छ । एथलेटिकोले रियाल मड्रिडलाई ४–२ ले पराजित गरेको हो ।  

डिएगो कोस्टाले दुई गोल गरेपछि एथलेटिकोको भाग्य बलियो बनेको हो । निर्धारित ९० मिनेटसम्म २–२ को बराबरी भएपछि थपिएको ३० मिनेटमा एथलेटिकोले २ गोल थपेको थियो ।


खेल सुरु भएको ४९ सेकेन्डमै गोल गर्दै कोस्टाले एथलेटिकोलाई अग्रता दिलाएका थिए । तर करीम बेन्जेमाले २७ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । 

६३ औं मिनेटमा रियालले पेनाल्टीको अवसर प्राप्त गर्यो । डिफेन्डर जानफ्रानले पेनाल्टी क्षेत्रभित्र ह्याण्ड गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । कप्तान सर्जियो रामोसले पेनाल्टीमा सहजै गोल गरे । खेल सकिन ११ मिनेट बाँकी छँदा कोस्टाले खेल पुनः बराबरीमा ल्याए ।


अतिरिक्त समयमा एटलेटिकोले दुई गोल गर्दै सिजनको पहिलो उपाधि जित्यो । साउल निगुएजले ९९ औं तथा त्यसको पाँच मिनेटपछि कोकेले गोल गर्दै रियाललाई सिजनको पहिलो खेलमा पराजित गरे । 

 

Atletico Madrid's Diego Costa and Koke celebrate with the trophy after winning the Super Cup on Wednesday night

Atletico Madrid's players celebrate with the trophy at the end of the UEFA Super Cup final at the Lillekula Stadium, Tallinn

Koke added a fourth for the Europa League holders in the 104th minute of the match to secure the victory over their rivals

Atletico Madrid's Saul Niguez celebrates scoring their third goal in extra-time on Wednesday night with his team-mates

Saul scored a stunning left-footed volley past Real Madrid goalkeeper Keylor Navas in the 98th minute of the encounter

Costa equalises for Atletico Madrid in the 79th minute of the match to take the UEFA Super Cup final to extra-time

Sergio Ramos put Real Madrid in front in the second half from the penalty spot after Juanfran handled the ball in areaRamos sent Atletico Madrid's goalkeeper Jan Oblak the wrong way from 12 yards in the 63rd minute of the final on Wednesday



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ