एशियनलाईफ इन्स्योरेन्स र एनआईबिएल एस क्यापिटलबीच हकप्रदशेयर निष्काशन सम्झौता
प्रकाशित २०७५ भदौ १ शुक्रबार
443
Shares
काठमाडौं। एशियन लाईफ इन्स्योरेन्स कम्पनीलि.को १०औं वार्षिक साधारण सभाबाट पारित १० बराबर ६ शेयरको अनुपातमा रु.७५ करोड ४० लाख बराबरको हकप्रदशेयर निष्काशन गर्नका लागि एनआईबिएलएस क्यापिटल लि., लाजिम्पाट, काठमाण्डौंलाई धितोपत्रनिष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्ति गरेको छ । उक्त सम्झौता पत्रमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठ तथा एनआईबिएल एस क्यापिटलको तर्फबाट महाप्रबन्धक मेखबहादुर थापाले हस्ताक्षर गरेका छन्। ।
कम्पनीले प्रतिशेयर रु.१०० कादरको ७५ लाख ४० हजार बराबर कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको छ। हकप्रद शेयर निष्काशन गरे पश्चात कम्पनीको कुल चुक्ता पूँजी रु. २ अर्ब १ करोड पुग्ने छ ।
रु.५ अर्ब अधिकृत पूँजी रहेको यस कम्पनीको हाल चुक्ता पूँजी रु. १ अर्ब २५ करोड ६७ लाख २५ हजार रहेको छ । यस कम्पनीको जीवन बीमाकोष रु. १३ अर्ब १३ करोड रकूल लगानी रु १२ अर्ब २९ करोड ९६ लाख रहेको छ । कम्पनीले आफ्नो २८ वटा शाखा र ७१ वटा उपशाखा मार्फत् देशैभर जीवन बीमा सेवा प्रदान गर्दै आएको छ ।