arrow

बिद्यार्थीलाई लागुऔषध दुव्र्यसन बिरुद्ध प्रशिक्षण

logo
सीता डोटेल,
प्रकाशित २०७५ भदौ १ शुक्रबार
rampur-police.jpg

पाल्पा। बिद्यार्थीलाई लागु औषध दुव्यर्सन बिरुद्ध प्रशिक्षण कार्यक्रम सञ्चालन भएको छ। जनता बैंक र इलाका प्रहरी कार्यालय रामपुरको सहकार्यमा रामतुल्सी माबिका सँगको समन्वयमा बिद्यालयका कक्षा १२ मा शिक्षा र व्यबस्थापन संकायमा अध्ययनरत १ सय ५० बढी बिद्यार्थीहरुलाई लागु औषध दुव्र्यसन बिरुद्धको कार्यक्रम गरेको हो।

समाजको बिकृति, बिसंगति, गम्भिर प्रकृतिको दुव्र्यसन र अपराधको रुपमा रहेको लागु औषधलाई समाजबाट नियन्त्रण तथा न्युनिकरण गर्ने अभियानलाई मद्धत गर्दै अपराध मुक्त समाजको परिकल्पनाका लागि प्रहरीसँगको सहकार्यमा कार्यक्रम गरेको जनता बैंक रामपुर शाखाका प्रबन्धक बाबुराम लम्सालले बताए।

ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षण भोजराज पाण्डेयले प्रशिक्षण दिदै विद्यार्थीहरुलाई लागुऔषधको परिचय, प्रकार, दुव्र्यसनीमा फस्नुका कारण, त्यसका असर, बच्ने उपाय, सेवन तथा विक्रि वितरण गरेमा हुने कानुनी सजाय, लागुऔषध नियन्त्रणमा विद्यार्थीले खेल्न सक्ने भुमिकाका विषयमा जानकारी गराए। नेपालमा लागुऔषध दुव्र्यसनीको अवस्थाका बारेमा बताउँदै यसले परिवार र समाजमा पारेको प्रभाव र पार्न सक्ने प्रभावका बारेमा समेत जानकारी दिनुभएको थियो।

पाण्डेयले युवा बर्ग टेनरको रुपमा रहेर घर परिवार र समाजलाई लागु औषधबाट जोगाउन लागे लागु औषध प्रयोगका घटनामा कमी आउने बताए। जनता बैंक रामपुर शाखाका प्रबन्धक बाबुराम लम्सालले अपराध मुक्त समाजको परिकल्पना सबैको दायित्व भएकाले १५ देखि २५ बर्ष उमेर समुहका युवाहरु आफु पनि कुलतमा नफस्ने र अरुलाई पनि नफसाउने गरि सभ्य समाज निर्माणमा बिद्यार्थीले भुमिका खेल्नु पर्नेमा जोड दिए।

रामतुलसी माबिका प्रध्यानध्यापक बालकृष्ण लम्सालले कक्षामा सुनेका कुरा ममन गरि घरघरमा लगेर परिवारलाई सुनाउन र साथीभाईको संगतमा पनि लागुपदार्थबाट जोगिन बिद्यार्थीलाई सुझाब दिए। बैंकका शाखा प्रबन्धक लम्सालको अध्यक्षतामा भएको कार्यक्रम बैंकका कर्मचारी इश्वरी राना मगरको स्वागत र जनता बैंक रामपुर शाखाका रिलेशन सिप म्यानेजर कृष्ण प्रसाद भट्टराईको संञ्चालनमा भएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ