गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख इन्जिनियरको सरुवा, काम अलपत्र
प्रदीप आचार्य,
प्रकाशित २०७५ भदौ २ शनिबार
183
Shares
बुटवल । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख इन्जिनियर ओम शर्मा सरुवा भएका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना प्रमुख शर्मालाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाबाट बाराको निजगढ विमानस्थल आयोजनामा सरुवा गरेको हो।
काम भइरहेको अवस्थामा आयोजना प्रमुखको सरुवाले निमार्ण कार्यमा प्रभाव पर्ने भन्दै स्थानीय, उद्योगी, व्यवसायी, राजनितिक दल लगाएतले विरोध जनाएका छन्।
आधाभन्दा बढी काम सम्पन्न भइसकेको अवस्थामा आयोजना प्रमुखको सरुवाले विमानस्थल निमार्ण कार्य अन्योलमा पर्ने भन्दै स्थानीयले गुनासो गरेका छन् ।
प्राधिकरणको नियामवलीमा २ वर्ष अवधिमा सरुवा गर्ने भए पनि शिलान्यासदेखि नै कार्यरत रहेका प्रमुखको विमानस्थलको निर्माण कार्य तीव्र गतिमा भइरहेको अवस्थामा सरुवा गरिएको छ।