arrow

प्रेस युनियन रुपन्देहीको १० औं अधिवेशन असोज ३ गते

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ भदौ २ शनिबार
Press-Union.jpg.jpeg.jpeg

बुटवल। नेपाल प्रेस युनियन रुपन्देहीको १० औं जिल्ला अधिवेशन आगामी असोज ३ गते हुने भएको छ । युनियन रुपन्देहीको शनिबार बुटवलमा बसेको कार्यसमिति बैठकले जिल्ला अधिवेशन आगामी असोज ३ गते संविधान दिवसका दिन गर्ने निर्णय गरेको हो ।

नेपाल प्रेस युनियन केन्द्रीय समितिले भदौ २० देखि असोज १० गतेसम्मलाई जिल्ला अधिवेशन खुल्ला गरेपछि अधिवेशनको मिति तय गर्न जिल्ला कार्यसमितिको शनिबार बैठक बसेको थियो ।

बैठकले युनियनको साधारण सभा तथा अधिवेशनको मिति तय गर्नुका साथै भदौ ७ गते भित्र सदस्यता नविकरण तथा नयाँ सदस्यता लिन चाहने पत्रकारकालागि सदस्यता आह्वान गरेको छ । बैठकले सदस्यता नविकरण नगरेकालाई अधिवेशनमा भाग लिन नपाउने निर्णय गरेको छ ।

युनियन रुपन्देहीका सभापति बिक्रम खड्काको सभापतित्वमा बसेको कार्यसमिति बैठकले हालै युनिभर्सल मेडिकल कलेजमा भएको विवादका क्रममा प्रेस युनियनका कार्यसमिति सदस्यहरु सलमान खान, राधेश्याम विश्वकर्मा र साधारण सदस्य दिपक घिमिरेमाथि भएको आक्रमणको विषयमा वस्तुगत अध्ययनकालागि गठन भएको समितिले चाडो प्रतिवेदन सार्वजनिक गर्न र प्रतिवेदन अनुसार कारवाही प्रकृया अंगाडी बढाउन समेत माग गरेको छ ।

त्यस्तैगरी युनियन रुपन्देहीले स्थापना गरेको स्व. गिरिजाप्रसाद कोईरालाई स्मृती पत्रकारिता पुरकारस्को राशी बृद्धि गरि २० हजार १ रुपैंयाबाट बढाएर २५ हजार १ रुपैंया बनाउने निर्णय गरेको छ ।

लोकतन्त्रका पक्षमा कलम चलाउने पत्रकारलाई प्रदान गरिने उक्त पुरस्कार पनि सोही अधिवेशनमा वितरण गरिने युनियन रुपन्देहीका सचिव कबिन्द्र नेपालले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ