काठमाडौं। काठमाडौंको स्वयम्भूमा हालै मात्र जीर्णोद्धार कार्य सम्पन्न भएका अनन्तपुर प्रतापपुर, शान्तिपुर वायुपुर वासुपुर एवम् अन्य १७ वटा सम्पदाको राष्ट्रपति विद्यादेवी भण्डारीले निरक्षण गरेकी छिन्। विश्व सम्पदामा सुचिकृति यी सम्पदाको निरीक्षणका क्रममा राष्ट्रपतिले पुजाअर्चना पनि गरिन।
प्रवलीकरण तथा पूर्ण जीर्णोद्धार सम्पन्न सम्पदाको छोटो औपचारिक कार्यक्रममा बोल्नुहुदै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले राष्ट्रपतिको सम्पदा निर्माणप्रतिको चासोले मन्त्रालयको उत्साह बढेको बताए।
केहि समयमै पाटन कृष्ण मन्दिर सम्पन्न हुने तथा पशुपतिक्षेत्रका सम्पदा निर्माण सम्पन्न भएको मन्त्री अधिकारीले जानकारी दिए। भूकम्पको थिलोथिलोबाट उठेर हामी हिडेका छौ । अवको २ बर्षमा हामी दौडन छौ । हिजोका जस्तै बनाउने छौ, राष्ट्रपतिलाई सम्पदा निर्माणको बारेमा जनाकारी दिने क्रममा मन्त्री अधिकारीले भने।
अनन्तपुर प्रतापपुर करिव ३ करोड ११ लाख लागतमा सम्पन्न भएका हुन भने अरु सम्पदामा नेपाल सरकार र विभिन्न देशको सहयोगमा पुनर्निर्माण भएका हुन्।
पुर्णरुपमा ध्वस्त भएका र केहि आंशिक क्षति भएका गरि १७ वटा सम्पदाको पुनर्निर्माण सम्पन्न भएको पुरातात्विक विभागका महानिर्देशक भेषनारायण दाहालले बताए।
कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री, मन्त्रालयका सचिव, पुनर्निर्माण प्राधिकरणका नवनियुक्त प्रमुखको उपस्थिति रहेको थियो ।