arrow

चम्किए एमबाप्पे र नेयमार

logo
प्रकाशित २०७५ भदौ ३ आइतबार
neymar-mbappe.jpg

काठमाडौं । ब्राजिलियन स्टार नेयमार र फ्रेन्च स्टार केलियन एमबाप्पेले गोल गरेपछि फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन पीएसजीले लगातार दोस्रो जित हात पारेको छ । पीएसजीले गुइनग्याम्पलाई उसकै मैदानमा ३–१ ले हराएको हो । 

पीएसजीको जितमा विश्वकप फुटबलमा सनसनी मच्याएर पेलेको कीर्तिमानमा सामेल १९ वर्षे युवा स्टार केलियन एमबाप्पेले दुई तथा नेयमारले एक गोल गरे । 

खेलमा गुइनग्याम्पका नोलान रुक्सले २० औं मिनेटमा गोल गरेर अग्रता बनाए पनि पीएसजीले मध्यान्तरपछि मात्र गोल गर्यो । 

५३ औं मिनेटमा नेयमारले पेनाल्टीमार्फत गोल गर्न सफल भए । लिग वानको दोस्रो खेलमा नेयमारको यो दोस्रो गोल हो । 

मध्यान्तरपछि मात्र मैदानमा छिरेका एमबाप्पेले ८२ औं मिनेटमा पहिलो र ९० औं मिनेटमा दोस्रो गोल दिलाए । Neymar congratulated the youngster after his late brace secured an opening day victory

Mbappe was too much for Guingamp to handle and wrapped up all three points for his side

Mbappe is still riding high after summer heroics where he helped France to World Cup glory

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ