arrow

चेल्सीको रोमाञ्चक जित, आर्सनलको प्रयास खेर

logo
प्रकाशित २०७५ भदौ ३ आइतबार
chelsea16.jpg

काठमाडौं । इंगलिस प्रिमियर लिग फुटबलमा चेल्सीले आर्सनलमाथि रोमाञ्चक जित हात पारेको छ । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा चेल्सीले शनिबार राति आर्सनलमाथि ३–२ को रोमाञ्चक जित निकालेको हो ।

चेल्सीको जितमा पेड्रो रोड्रिग्वेज, अल्भारो मोराटा र मार्को एलोन्सोले गोल गरे । आर्सनलका लागि हेनरिक मिखटारियन र एलेक्स इओवीले गोल गरे । 

२–० ले पछि परेपछि आर्सनल खेलमा फर्किएको थियो । र चार मिनेटको अन्तरमा दुई गोल गर्दै आर्सनलले पहिलो हाफ २–२ गोको बराबरीमा ल्याएको थियो । 

दोस्रो हाफमा मैदान छिरेका ८१ औ मिनेटमा मार्कोस एलोन्सोले गोल गर्दै चेल्सीलाई ३–२ को रोमाञ्चक जित दिलाए ।

जितसँगै चेल्सीले दुई खेलबाट ६ अंक जोडेको छ । आर्सनलको यो लगातार दोस्रो हार हो । 

इंगलिस प्रिमियर लिगका शनिबार रातिका अन्य खेलमा एभर्टनले साउथह्याम्पटनलाई २–१ ले, लेस्टर सिटीले वुल्भरह्याम्पनलाई २–० ले, टोटनह्यामले फुल्हमलाई ३–१ ले र बर्नमाउथले वेष्टह्यामलाई २–१ ले हराउँदा न्यूकासल र कार्डिफले गोलरहित बराबरी खेले ।

Chelsea overcame Arsenal in a thrilling London derby on Saturday evening with Marcos Alonso scoring the winner late on

New Chelsea manager Maurizio Sarri throws his arms out in celebration as he claimed a major victory over his London rival

Pedro put Chelsea in front very early in the match after the Spaniard swept the ball home from Alonso's pinpoint cross

 

Henrikh Mkhitaryan pulled a goal back for the Gunners after 37 minutes with a drilled effort from the edge of the box

 

Alex Iwobi levelled things up moments before half-time as he finished off Mkhitaryan's pull back with a powerful strikeIt was a first London derby for both managers and Unai Emery (L) and Maurizio Sarri (R) exchanged pre-match pleasantries 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ