arrow

इराकमा नागरिक हत्या बढ्यो

logo
प्रकाशित २०७२ फागुन ३ सोमबार
Iraqsabc.jpg.jpeg
बग्दाद (इराक) । इराकमा सन् २०१४ को तुलनामा सन् २०१५ मा नागरिक हत्याको शृङ्खला बढेको समाचार छ । इराकमा सन् २०१४ को अक्टोबरदेखि सन् २०१५ को अन्त्यसम्म द्वन्द्वका कारण मारिएको नागरिकको सङ्ख्या कम्तीमा पनि १८ हजार ८०२ पुगेको बताइएको छ ।  यसरी मारिनेमा सर्वसाधारण नागरिक धेरै परेका छन् । इराकमा भएको यस मृत्युको पछिल्लो तथ्याङ्क संयुक्त राष्ट्रसङ्घद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनमा जनाइएको छ । 
 
इराकमा पछिल्लो समयमा आइएसका कारणले आतङ्क भएको बताइएको छ । त्यस आतङ्कका कारण इराकी सुरक्षाकर्मी र इस्लामिक स्टेट (आईएस) समूहबीच समय समयमा हिंसा मच्चिने गरेको छ ।  सो हिंसामा परी ९० प्रतिशत भन्दा बढी सर्वसाधारण मारिएका छन् । करिब १८ हजार ८०२ जनाको मृत्यु भएको र यसको दोब्बर अर्थात् ३८६ हजार २४५ जना घाइते भएको राष्ट्रसङ्घको प्रतिवेदनमा उल्लेख गरिएको छ । 
 
आइएसको ज्यादतिका कारण इराकमा मानवअधिकार पनि उल्लङ्घन भएको पाइएको छ । प्रतिवेदनअनुसार ठूलो सङ्ख्यामा मानवअधिकार उल्लङ्घनका घटना भएका छन् ।  यस अवधिमा हजारौँ महिला तथा बालबालिकालाई पनि दासको रूपमा प्रयोग गरिएको तथ्याङ्कमा जनाइएको छ । त्यस्तै यस अवधिमा करिब ९०० जना बालबालिका अपहरणमा परेको प्रतिवेदनमा उल्लेख छ । एपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ