arrow

१८ खेलाडी बेचेर १० बाख्रा खरिद

logo
प्रकाशित २०७५ भदौ ४ सोमबार
goats-turkey.jpg

काठमाडौं । आर्थिक स्थिति चौपट भएपछि मानिसले के गर्दैन । त्यसको उदाहरण बनेको छ टर्कीको एक फुटबल क्लव । गल्सपोर फुटबल क्लवले अतिरिक्त आम्दानी गर्नका लागि १८ जना खेलाडी बेचेर १० बाख्रा किनेको छ । 

बाख्राबाट क्लवको खर्च पनि उठ्ने छ भने बाँकी खेलाडीहरुको खर्च पनि सजिलै उठाउन सकिने क्लवले बताएको छ । 

क्लवका अध्यक्ष केनन बायूक्लेब्लेबका अनुसार क्लव फन्ड जुटाउन नसकेर छट्पटिएको छ । क्लवलाई सरकारले पनि कुनै मद्धत गरेन । कुनै पनि फुटबल लिगका खेल्नका लागि प्रायोजकसमेत नभेटिएपछि वाध्य भएर खेलाडी बेच्नु परेको  अध्यक्ष केननले बताए । 

खेलाडीको बोली लगाउँदा १८ हजार लिरा मिलेको छ । अर्थात् करिब दुई लाख ९० हजार रुपैयाँ । 

बाख्राको दूध बेचेर हरेक महिना ९६ हजार रुपैयाँ कमाइ हुने बताइएको छ । 

क्लवले ६ वर्षमा १४० बाख्रा किन्ने योजना समेत बनाएको छ । गल्सपोर टर्कीको सबैभन्दा पुरानो मध्ये एक क्लव मानिन्छ । यसको स्थापना सन् १९५४ मा भएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ