arrow

प्रचण्डले गरे खेलाडी विदाई

logo
प्रकाशित २०७५ भदौ ४ सोमबार
prachanda-bidai.JPG

काठमाडौं ।  ईन्डोनेशियाको जाकार्तामा १८ औं एशियाली खेलमा प्रतिस्पर्धा गर्न जाने नेपाली टेबल टेनिस खेलाडी तथा अफिसियललाई नेपाल कम्यिुनिष्ट पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आफ्नै निवास खुमलटारमा बिदाई गरे ।

एशियन प्रतियोगितामा प्रतिस्पर्धा गर्न जाने खेलाडीहरुमा पुरुष तर्फ स्याण्टु श्रेष्ठ, दीप साउन र अमरलाल मल्ल, महिला तर्फ नविता श्रेष्ठ, स्वेक्षा नेम्वाङ्ग र रविना महर्जन रहेका छन् । यस्तै टिम प्रशिक्षकमा अनिल घिमिरे र संजीव ढुंङ्गेल तथा टिम ब्यवस्थापकमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सुदील शाही रहेका छन् ।

नेपाली टोली बिहिबार जाकार्ता तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ