arrow

कोजी नेपाल नफर्किने !, नयाँ प्रशिक्षक खोज्न एन्फाको दौडधुप सुरु  

‘अभागी कोजी’ : ईन्डोनेसियाबाटै घर फर्किन पर्‍याे दबाब 

logo
प्रकाशित २०७५ भदौ ४ सोमबार
koji-nepali-foobal-coch.jpg.jpeg

काठमाडौं ।  नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक ग्यातुकी कोजी नेपाल नफर्किने भएका छन् । अध्यागमन विभागले उनलाई नेपाल प्रवेशमा रोक लगाएपछि अखिल नेपाल फुटबल संघ एन्फाले नयाँ प्रशिक्षक नियुक्तिका लागि दौडधुप सुरु गरेको छ ।

पर्यटक भिसामा नेपाल आएका कोजी श्रम स्वीकृति बिना नेपालमा काम गरिरहेको थाहा भएपछि अध्यागमन विभागले गत महिना प्रशिक्षक कोजीलाई सन् २०१८ सम्म नेपाल प्रवेशमा रोक लगाएको थियो ।

एन्फा प्रवक्ता किरण राईका अनुसार मुख्य प्रशिक्षक कोजी नेपाल आउन सम्भव छैन । उनको स्थानमा कसलाई ल्याउने भन्नेबारे छलफल सुरु भईसकेको राईले जानकारी दिए । प्रवक्ता राईले ‘कोजीलाई सरकारले नेपाल प्रवेशमा रोक लगाएको छ । कुनैपनि हालतमा कोजी नेपाल आउने सम्भावना रहेन, अब के गर्ने भन्ने विषयमा छलफल गरिरहेका छौं’ भने । 

प्रशिक्षक कोजी अहिले भने एसियाली खेलकूद एसियाडमा सहभागि हुन इन्डोनेसिया पुगेको नेपाली फुटबल टोलीसँगै छन् । एसियाडको पुरुष फुटबलतर्फ समूह चरणका तीनै खेल हारेर नेपाल प्रतियोगिताबाट बाहिरिसकेको छ । पाकिस्तानले आत्मघाती गोल उपहार दिएको खेलमा पनि सम्हालिन नसकेको नेपाली टोलीका प्रशिक्षक कोजीलाई एसियाडको खराब प्रदर्शनसँग झन दबाब परेको छ ।

जापानी कोजी सकभर ईन्डोनेसियाबाटै घर फर्किने छन् । उनको प्रशिक्षक करार अवधि आउने नोभेम्बरसम्म छ । नेपाल यसै महिना बंगलादेशमा हुने साफ च्याम्पियनसिपमा सहभागि हुँदा उनले सम्हाल्ने भनिएको थियो । अब त्यो अवसर कोजीलाई प्राप्त नहुने देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ