- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा लिभरपुलले गतिलो प्रदर्शन गरिरहेको छ । लिभरपुलले क्रिस्टल प्यालेसलाई २–० ले हराएको छ ।
क्रिस्टलको मैदानमा भएको खेलमा लिभरपुलका लागि ४५ औं मिनेटमा जेम्स मिल्नरले पेनाल्टीबाट र ९० औं मिनेटमा सादियो मानेले गोल गरेका थिए ।
मामाडु साखोले मोहम्मद सलाहलाई लडाएर लिभरपुलले पेनाल्टी पाएको थियो ।
क्रिस्टलका आरोन वान बिस्साकाले ७५ औं मिनेटमा रातो कार्ड खाएपछि १० जनामै समेटिएको थियो । उनले मोहम्मद सलाहलाई लडाए बापत सजाय पाएका हुन् । सलाहले चमत्कार भने देखाउन सकेनन् ।
त्यसको फाइदा भने निकै ढिलागरी उठायो ।
यो जितपछि सत्प्रतिशत खेल खेलेको लिभरपुल अंक तालिकाको दोस्रो स्थानमा छ । समान ६ अंकबाट म्यान्चेस्टर सिटी पहिलो स्थानमा छ ।