arrow

५० हजारले स्वदेशमै बन्न सकिन्छ स्वरोजगार

थोरै लगानी, मनग्गे आम्दानी

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ भदौ ५ मंगलबार
chyau.jpg

बुटवल। अर्घाखाँची मालारानी गाउँपालिका २ का सागर फुल्लेल २ लाख खर्चेर कतार पुगे । प्रोडक्ट अपरेटरमा काम गर्ने फुल्लेलले मासिक ४५ हजार रुपैयाँ आम्दानी गर्छन् । यसरी हेर्दा, विदेश गएर सजिलोसँग कमाई भएको जस्तो देखिन्छ । तर, स्वदेशमै पनि यो भन्दा सजिलो र राम्रो गरी पैसा कमाउन सकिन्छ ।
 
पहिलो चरणमा च्याउ खेतीको कुरा गरौं । जुन सबैभन्दा सजिलो र प्रदेश ५ का जुनसुकै जिल्लामा पनि अनुकुल हुने खेती हो ।  च्याउ खेती शुरु गर्न न्युनतम ५० हजार रुपैयाँ आवश्यक पर्दछ । जसको पलास्टीकको टनेल निर्माणे लागी आवश्यक पर्दछ । साथै सोही लगानीको साथसाथै बिउ तथा पराल, पलास्टीक र ड्रमको आवश्यकता पर्दछ ।

यी सवै सामाग्री खरिद गर्दा पनि बढिमा २५ हजार लागत आउन जान्छ । च्याउ फर्म सञ्चालन गरेको ३ महिनामा आम्दानी गर्न सकिन्छ ।
०६८ सालबाट रुपन्देहीको कञ्चन गाउँपालिका १ बेलभरीयामा स्पीञ्जर च्याउ फर्म सञ्चालन गरेका गंगाधर शर्माको पहिलो आम्दानी भनेको १ लाख ४ हजार ४ सय रुपैयाँ मात्रै हो ।

उनले तापक्रम नियन्त्रण गर्नको लागी एक प्रविधि प्रयोग गरेको र त्यसको खर्च ७० हजार आएको बताए । उनले भने –‘पलास्टीक टनेलमा गरेको खर्च उठ्दैन् तर यसको मद्दतले मात्रै उत्पादन गर्न सकिन्छ । ’ उनको पहिलो खर्च भन्नु नै बिउको लागी २० हजार, पारल ८ हजार, पलास्टीक २८ सय, डोरी ७ सय र २ ड्रम ३ हजार गरी ३४ हजार ४ सय खर्च भएको थियो।

च्याउ उत्पादक किसान संघका केन्द्रीय सदस्य तथास्पीञ्जर च्याउ फर्मका सञ्चालक गंगाधर शर्मा नेपालमा ४ प्रकारका च्याउ खेती हुने गरेको बताउँछन् ।   उनी भन्छन्–‘प्रदेश ५ का सबै जिल्लामा च्याउ खेती गर्न सकिन्छ । कन्य, गोब्रे, सिताके र मिल्की(दुधे) च्याउको उत्पादन र बजार राम्रो छ ।’

धेरे किसानहरु घरायसी प्रयोजनका लागि खेती गर्ने गरेको बताउँदै उनले भने –‘ रुपन्देहीमा च्याउ खेती गर्नेको संख्या यकिन छैन । तर १० वटा फर्मले व्यवसायिक रुपमै च्याउ खेती गर्छन् ।’ कात्तिकदेखि माघसम्मको अवधि च्याउको सिजन हो । यो सिजनमा प्रदेश ५ मा एक दिनमा १० क्वीन्टलसम्म उत्पादन हुन्छ । तर दैनिक माग ३५ क्वीन्टल छ ।

उनले भने–‘पहाडमा गोब्रे र सिताके च्याउ तथा कन्य र मिल्की तराइमा उत्पादन गर्न सकिन्छ ।’सिजनमा उत्पादन भएको यहाँको च्याउ पोखरा र काठमाडौंसम्म पुग्छ । तर अन्य समयमा च्याउको अभाव प्रदेश ५ मा रहन्छ ।

उनका अनुसार प्रदेश ५ को उत्पादन ३० प्रतिशत मात्रै रहेको छ भने बाँकी ७० प्रतिशत भारतका बिभिन्न स्थानबाट आयात हुने गरेको छ।
रुपन्देही, पाल्पा, अर्घाखाँची तथा हेटौडा जिल्लाहरुमा च्याउ उत्पादन हुने भएपनि बाँकी च्याउ भने भारतको सिलगुडिबाट बेलहीया र कृष्णनगर नाकाहुँदै आउने गरेको संघका केन्द्रीय सदस्य शर्माले जानकारी दिए ।

बजारमा भईरहेको बिचौलीयाको कार्य शिघ्र रोक्नुपर्ने तथा राजस्व छली गरि सिमानाका बाट आउने च्याउलाई रोक्न सकेमा च्याउ कृषकहरु आत्मनिर्भर बन्न सक्ने शर्माको भनाई छ।

नेपालमा बि.सं. २०३९–०४० देखी तत्कालिन सरकारले कृषि कार्यालयबाट सरकारी हिसावमा मात्र च्याउ उत्पादन हुने भएपनि व्यवसायीक रुपमा खेती हुन लागेको संघका केन्द्रीय सदस्य शर्मा बताउँछन् ।

बिचौलियाले हैरान
च्याउ उत्पादन बिक्रि तथा उपभोग प्रक्रिया सम्म पूग्दा झण्डै दोब्बर मुल्यको अबस्था आउने गरेको किसानको गुनासो छ ।
बजारमा राम्रै उपभोग हुने कन्य च्याउ प्रतिकेजी १ सय ७० देखि १ सय ८० रुपैयाँमा उत्पादक बाट खरिद हुने भएपनि बजार मुल्य भने २ सय ८० देखी ३ सय रुपैयाँ सम्म पर्ने गरेको छ ।

यस्तै गोब्रे च्याउ पनि उत्पादक बाट २ सय ८० देखी ३ सय रुपैयाँ प्रतिकेजी सम्म खरिद गर्ने भएपनि बजारमा ४ सय रुपैयाँ भन्दा बढि प्रतिकेजीमा बिक्रि बितरण हुने गरेको छ ।

संभावना बोकेको च्याउ मिल्की च्याउ पनि उत्पादक संग ३ सय रुपैयाँ प्रतिकेजीमा लिने गरेको भएपनि उपभोक्ता सम्म आईपुग्दा ४ सय रुपैयाँ प्रतिकेजी सम्म पुग्ने गरेको छ ।

परम्परागत उत्पादन शैली
प्रदेश ५ मा भईरहेको च्याउ खेती शैली परम्परागत रहेको पाईएको छ ।  परम्परागत तवरबाट उपयोग गरीएको समाग्रीबाट अपेक्षीत उत्पादन हुन नसकीरहेको किसानको गुनासो छ ।

आधुनिक तवरबाट खेती गर्नको लागी आवश्यक तालीम तथा प्रविधिको लागी स्थानीय सरकार तथा प्रदेश सरकार संग माग गरेको बताउँछन् संघका केन्द्रीय सदस्य गंगाधर शर्मा ।  

उनले भने –‘ च्याउ खेती प्रणालीको लागी आवश्यक पर्ने कच्चा पदार्थ, विउ तथा हावापानीको आवश्यकता परेको बताउँँदै कसरी व्यवस्थापन गर्न सकिन्छ यसको लागी तालीम आवश्यक छ ।’

आधुनिक तवरबाट कृषि गरेमा प्रयोग गरीरहेको स्रोत र साधनबाट उच्चतम उत्पादन गर्न सकिने उनको भनाई छ ।
मिल्की च्याउ राम्रो विकल्प च्याउ उत्पादन गरेपनि छिट्टै नै बिग्रने समस्या आउने भएकोमा नयाँ र उत्कृष्ट बिकल्प मिल्की च्याउ हुने पनि च्याउ उत्पादकहरु शुझाउछन् ।

मिल्की च्याउ अन्य च्याउको तुलनामा लामो समय सम्म पनि नबिग्रने कारणले गर्दा यसको उत्पादनबाट घाटा नहुने उनीहरुको शुझाब रहेको छ । तराईका जिल्लाको ३५–४० डिग्री सेल्सीयस तापक्रममा उत्पादन गर्न सकिने यस मिल्की च्याउ बढिमा १२ दिन सम्म फ्रिजिङ गरेर राख्न सकिन्छ  ।
 
हाल उत्पादन र उपभोग भईरहेको च्याउहरु बढिमा २ दिनमा नै बिग्रेको अवस्था पनि छ ।  च्याउ कृषकहरुलाई स्थापीत बनाउनको लागी स्पन(बिउ) उत्पादन गर्ने मेसीनको मुख्य अभाव रहेको देखिन्छ ।  कृषकहरुको लागी बिउ उत्पादन नै नभए सम्म संभावना भएपनि उत्पादनमा बृद्वीको संभावना नहको च्याउ उत्पादक किसान संघका केन्द्रीय सदस्य गंगाधर शर्माको भनाई छ ।
 
सरकारी खानामा प्रतिहप्ता १ दिन च्याउको माग
सरकारी कर्मचारीको लागी सरकारले प्रदान गर्ने खाना र खाजामा न्युनतम १ दिनमात्रै भएपनि च्याउको प्रयोग गर्न किसानहरुले माग गरेका छन् ।

बिभिन्न सरकारी कार्यालय र मन्त्रालयमा प्रयोग गरीने खाजामा हप्ताको १ दिन च्याउ प्रयोग गर्न उनीहरुको माग छ ।  यसले च्याउ कृषकको मनोबल बृद्वी हुने र यो पेशाप्रति अभिरुचि बढ्दै जाने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ