arrow

हेर्नुस ईन्जिनियरिङ्ग क्षेत्रले मारेको छलाङ्ग

logo
प्रकाशित २०७२ फागुन ३ सोमबार
china-bridge.jpg.jpeg
एजेन्सी। चीनका ईन्जिनियरले क्विङगशुई नदीमा नयाँ पुल वनाएर संसारकै ध्यान खिचेका छन्। क्विङगशुईमा निर्मित पुल ४ सय ६ मिटर अग्लो र १ हजार १ सय ३० मिटर लामो रहेको छ। यो पुल विश्व भरिका अग्ला पुलहरुको सुचिमा दोस्रो स्थानमा पर्दछ। सबै भन्दा अग्लो पुल पनि  चीनको सिदु नदीमा रहेको छ जुन ४ सय ९६ मिटर अग्लो रहेको छ।
 
क्विङगशुई पुल बनाउन दुई बर्ष र २४ करोड अमेरिकि डलर लागेको थियो। यो पुल निर्माण पछि  चीनका  दुई ठुला शहरहरु विचको दरी १ सय ६० किलोमीटरलाई  घटेर ३६.८ किलोमीटर रह्यो  यो यूरोपको सबै भन्दा लामो  रेल रोड पुल हो। यो पुलले  डेनमार्कको राजधानी कोपेनहेगन र स्वीडनको  शहर मालमो जोड्दछ। समुद्र माथि बनाइएको यो पुलको लम्बाई करीब ८ किलोमीटर रहेको छ। 
 
तुर्कीस्तानको शहर इस्तांबुलमा रहेको बोस्फोरस पुल १ सय ६५  मीटर अग्लो रहेको छ। सन् १९७३ मा बनेको यो पुलले यूरोप र एशिया महाद्वीपलाई जोड्दछ । हरेक बर्षको अक्टूबर महिनामा यो पुलमा अन्तमहाद्वीप म्याराथुन प्रतियोगिता हुने गर्दछ।
 
यो ईरानमा रहेको पैदल यात्रिहरुको लागि सबै भन्दा लामो पुल हो । यो पुल २ सय ७० मिटर लामो रहेको छ। पुल हाईवेको माथि रहेको छ । यो पुलले कयौ बिधामा पुरस्कार पनि पाएको छ। न्यूयोर्कमा रहेको यो पुल  ब्रुकलिन इलाकलाई  द्वीपसँग जोड्दछ। १६ औ शताब्दीमा इटलीका नाविक जोवानी दा वेरेजानो न्यूयोर्कको तटमा पुग्ने  पहिलो यूरोपीय बने।  पुल उनकै नामवाट राखिएको हो।
 
सानफ्रान्सिस्को शहरमा अवस्थित  गोल्डन गेट ब्रिजलाई पुलहरुको राजा भनिन्छ । यो पुल १ हजार २ सय ८०  मीटर लामो र दुई सय सत्ताईस मीटर अग्लो रहेको छ। अग्लो र लामो पुलहरुको सुचिमा रहेको यो पुल अरु पुलहरुको तुलनामा सुन्दर रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ