खाटमुनि राखेको ढुङ्गाले चम्कायो माझीको भाग्य, पाए १० अर्ब ७२ करोड
प्रकाशित २०७५ भदौ ५ मंगलबार
541
Shares
काठमाडौं। फिलिपिन्सका एक माझीको भाग्यमा रातारात परिवर्तन आएको छ। उनी रातारात करोडौंको मालिक भएका हुन्। उनको भाग्यमा यस किसिमको परिवर्तन उनको खाटमुनि रहेको एक ढुङ्गाबाट आएको हो।
३४ किलोग्राम ढुङ्गाले उनले साधारण भन्ने सोचेर आफ्नो खाटमुनि राखेका थिए तर यो ढुङ्गा पछि अमूल्य मोती भएको खुलेको थियो। यसको लागि १० अर्ब ७२ करोड रुपैयाँको मूल्य लगाइएको थियो। अझ अचम्मको कुरा के छ भने यो ढुङ्गा १२ वर्षसम्म रहेको थियो।
फिलिपिन्सको पलावन टापुमा बस्ने उक्त माझीले सन् २००६ मा एक समुद्रमा माछा मार्ने क्रममा त्यहाँ आएको समुद्री आँधीमा फसेका थिए । उनको ज्यान उक्त ढुङ्गाको कारण बचेको थियो। त्यो ढुङ्गा सेतो रङ्गको राम्रो थियो। आफ्नो ज्यान बचाउने उक्त ढुङ्गालाई उनले आफ्नो भाग्य मनेर घरमा ल्याएका थिए र १२ वर्षसम्म खाटमुनि राखेका थिए।
एक दिन उक्त माझीको घरमा आगो लाग्यो । आगो लागेपछि उनले उक्त ढुङ्गालाई आफ्नो खाटबाट निकाले, त्यति नै बेला एक पर्यटकले सो ढुङ्गालाई देखे र त्यसको राज बताइदिए । यससँगै उक्त माझीको भाग्य एकाएक चम्किन पुग्यो।
यो मोति ६.४ किलोको ‘पर्ल अफ अल्लाह’ भन्दा धेरै गुणा ठुलो थियो। ‘पर्ल अफ अल्लाह’ लाई अहिलेसम्मकै सबैभन्दा ठुलो मोति मानिँदै आएको थियो।