एमजीको नयाँ शोरुम नक्शालमा, जीएस र जेडएस नेपाल भित्रीयो
प्रकाशित २०७५ भदौ ५ मंगलबार
583
Shares
काठमाडौं। एमजी मोर्टसको आधिकारीक विक्रेता पारामाउन्ट मोर्टसले जीएस र जेडएस मोडेलका कार नेपाली बचारमा सार्वजनिक गरेको छ। नेपालका लागि बेलाएती राजदूत रिचर्ड मोरिसले नक्साल स्थित अन्तर्राष्ट्रिय स्तरको शोरुमको आज शुभारम्ब गरेका छन्।
एमजी (मोरिस ग्यारेज) मोर्टस बेलायती उत्पादक कम्पनी हो। यस कम्पनीले उच्चकोटीको एमजीका गाडिहरु उत्पादन गर्दै आएको छ। एमजी गाडीको उत्पादन मोरिस ग्यारेजको नामबाट १९२१ मा सुरु भएको हो। यो कम्पनी अहिले ९७ बर्ष पुरानो भएको छ। यो कार उत्पादनको सुरुवाति समयमा विलियम मोरिसले अटोमोवाईल इन्जीनियर सेसिल किम्बरलाई हायर गरेका थिए।
तत्कालीन समयमा कम्पनीले स्पोर्टस र क्रिबेलेट्स कारहरुको उत्पादन सुरु गरेको थियो। कम्पनीका उत्पादन धेरै सेलिब्रेटी, बेलायती प्रधानमन्त्री र राजपरिवारका सदस्यको रोजाईमा पर्दैआएको छ। उच्च गुणश्तरको गाडिभएकाले एमजीले मेन्युफ्याक्चरर च्याम्पीएनसीप पनि २०१४ मा जीतेको थियो।
पारामाउन्ट मोटर्सका जनरल मेनेजर सचिन अर्याल भन्छन् ‘एमजी विश्वको सबैभन्दा छिटो प्रगति गरिरहेको मोटर कम्पनी मध्येको एक हो। बिगत केही वर्षदेखि एमजी ब्राण्डले नयाँ–नयाँ मोडल बजारमा ल्याएर बलियो पकड राख्दै अविश्वसनीय प्रगति गर्दै आइरहेको छ। यो कम्पनीले विश्वभरी आफ्नो पहुँच पुर्याउने लक्ष्य लिएको छ। त्यसै क्रममा आज नेपाली बजारमा प्यारामाउन्ट मोटर्ससँग अधिकारीक वितरकको रुपमा सहकार्य गरिरहेको छ। यो शोरुमको उद्घाटनसँगै यसले एमजीको महत्कांक्षी योजनामा सहयोग पुग्ने छ। एमजीले थाईल्याण्डमा आधुनिक टेक्नलोजी जडीत फ्याक्ट्री स्थापना गरिसकेको छ, साथै २०१९ को सुरुवातसँगै भारतमा पनि उत्पादन गर्ने तयारीलाई अन्तिम रुप दिदैछ। भारतको उत्पादन सुरुवातसँगै दक्षिण एसीयाको बजारमा यसको उपस्थिती अझ बलियो हुनेछ।’
‘अन्तर्राष्ट्रिय मोटर ब्रान्डहरुको वर्चश्व रहेको नेपाली बजारमा एमजीको उपस्थितीले अझै गाडी पारखिलाई उत्साहित बनाएको छ। एमजीका बहुप्रतीक्षीत जीएस र जेडएस मोडलको आगमनबाट हामीसमेत निकै उत्साहित भएका छौ। साथै, विश्वको प्रमुख मोटर उत्पादक कम्पनी एमजीसँगको सहकार्यले हामी र हाम्रा ग्राहकहरु निकै खुसी भएका छौ ’अर्यालले भने।
स्टेट अफ आर्ट शोरुमको सुविधा भएको एमजी मोटर्सको शोरुम काठमाडौंको नक्सालमा रहेको छ। यो शोरुम एमजी मोटर्सको अन्तर्राष्ट्रिय कन्सेप्टमा आधारित अत्याधुनिक तरिकाले निर्माण गरिएको छ। जहाँ उपभोक्ताले उच्च कोटीको सेवा प्रप्त गर्न सक्ने छन्। जस्तो उपभोक्तालाई ब्रान्ड, उत्पादन र सेवाको बिषयमा ज्ञान हाँसिल गर्न सहज हुने छ।
सेडानको विकल्प हुनसक्ने यी जीएस र जेडएस मोडलका कम्प्याक्ट प्रिमिएम एसयुभी विश्व बजारमा अतिनै मनपराइएका मोडल हुन्। जसको उपस्थितिले अटोमावाईलको नयाँ युगमा प्रवेश गराउने छ। यसले उत्कृष्ट इन्जिनियरीङ, स्टाईल, सेफ्टी र आरामदायी विशेषतालाई बढवा दिनेछ। एमजी सधै आफ्ना मोडलहरुमा पावर र सेफ्टीलाई मूख्य फिचरको रुपमा राखेर कारको उत्पादन गर्ने गर्छ। साथै, सेफ्टी एयरब्याग, उत्कृष्ट निर्माण क्वालीटी र पावरफुल ईन्जिन यसका अन्य विशेषता हुन्। एनक्याप अष्ट्रेलियाले यसलाई क्रयास टेष्टमा ५ स्टारको रेटीङ्ग दिएको छ, जुन यस सेगमेन्टका केहि एसयुभीले मात्र पाएका छन्।
एमजी जिएसः एमजी जिएस उत्कृष्ट फुल अप्सन एसयुभी हो। यसमा अटोमेटिक हेडल्याम्प देखि क्रुज कन्ट्रोलसम्म रहेको छ। रियर पार्किङ सेन्सर र क्यामेरा, डिएबी रेडियो र ब्लुतुथ, जुन एउटा उत्कृष्ट एसयुभीमा हुने सुविधा सबै यो कारमा रहेको छ। जीएस २.० लिटर इन्जिन, टर्बो ४ सिलिन्डरमा उपलब्ध रहेको छ। यो कारले ५३०० आरपीएममा २१८ बिएचपी पावर र २५०० आरपीएममा ३५० एनएम टर्क उत्पादन गर्छ। यो कार अल ह्वील ड्राइभ कार हो। यसमा ५५ लीटर क्षमताको फियुल ट्याङक दिइएको छ। यो एसयुभीको उचाई १६९९ एमएम रहेको छ भने, यसको लम्बाई ४५०० एमएम रहेको छ। यो एसयुभीले कुनैपनि फिचरमा सम्झौंता गरेको छैन।
एमजी जेडएसः यो कारमा दिइएको ४ सिलिन्डर पेट्रोल इन्जिनले १०४ बिएचपी पावर र १४१ एनएम टर्क उत्पादन गर्छ। यसको उचाई १६४८ एमएम रहेको छ भने, यसको लम्बाई ४३१४ एमएम रहेको छ। यसको ह्वीलवेस २५८५ एमएम रहेको छ। यसमा ४८ लीटर क्षमताको फियुल ट्याङक दिइएको छ।