arrow

सामुदायिक बिद्यालयको शैक्षिक सुधारका लागी समन्वय आवश्यक

logo
बिमल योगी ।
प्रकाशित २०७२ फागुन ३ सोमबार
दाङ । सामुदायिक बिद्यालयको शैक्षिक सुधारका लागी सरोकारवालाहरुविच समन्वय आवश्यक रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन । लक्ष्मीपुर गा.वि.स.वडा नम्वर १ मुसोटखोला स्थित सरस्वती प्राथमिक बिद्यालयले आयोजना गरेको पुरस्कार तथा छात्रबृक्ति बितरण कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो धारणा राखेका हुन । बिद्यालयमा बढ्ने बिद्यार्थी,शिक्षक,अभिभावक तथा स्थानिय नागरिकहरुले चासो र सहयोग गर्न सकेको खण्डमा निजि बिद्यालय सरह शिक्षा दिन सामुदायिक बिद्यालयहरु पनि सक्षम रहेको उनिहरुको भनाई थियो ।
 
बिद्यालय व्यवस्थापन समितिका हस्तराम बुढाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले बिकट स्थानमा बिपन्न समुदायको बसोवास रहेको बिद्यालयले शैक्षिक अवस्थामा क्रमश सुधार गर्दै अगाडी बढिरहेको धारणा राखेका छन । सो अवसरमा बिद्यालयमा अध्ययनरत छात्रछात्रालाई छात्रबृक्ति तथा बर्षदिनभरी बिद्यालयमा सवै भन्दा धेरै दिन उपस्थित हुने शिक्षकलाई सम्मान गरिएको थियो ।
 
बिद्यार्थी र अभिभावकहरुका बिचमा खेलकुद प्रतियोगिता सञ्चालन गरिएको बिद्यालयकी शिक्षिका बेगमा अधिकारीले जानकारी दिए । शिक्षक बलदेव देवकोटाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा जम्मु पुन,अमृता पुन,मनु आचार्य लगायतले मन्तव्य व्यक्त गरे  । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ