arrow

चिनियाँ ऋणबाट फसिने डरमा मलेसियासहितका देशहरु

logo
प्रकाशित २०७५ भदौ ७ बिहिबार
chinese_debt.png

काठमाडौं । चीन विवादित दक्षिण चीन सागरमा आक्रामक नीतिका साथ अघि बढिरहेको छ । साथै आफ्नो महत्वाकांक्षी योजना बेल्ट एण्ड रोड इनिसिएटिभको लागि पनि अघि बढिरहेको छ । 

दक्षिण चीन सागरमा अहिले चीन सैन्य संरचना निर्माण गरिरहेको छ । साथै उसले त्यहाँ ४ कृत्रिम द्वीप पनि निर्माण गर्ने तयारी गरेको छ । दक्षिण–पूर्वी एसियाली मुलुक मलेसियामा पनि अहिले चीन धेरै योजनाहरुमा काम गरिरहेको छ । जसको वास्तविक योजना आफ्नो विश्वव्यापी प्रभाव विस्तार गर्नु रहेको छ । 

न्युयोर्क टाइम्सको एक विवरणअनुसार चीन अहिले विभिन्न आयोजनाहरुको माध्यमबाट विश्वमा आफ्नो प्रभाव विस्तारको दिशामा अघि बढिरहेको छ । यद्यपि पछिल्लो समय भने चीनलाई झड्का लागेको छ । मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले चीनसँग जोडिएका २२ अर्ब डलरका योजनाका दुई ठुला योजनाहरु रोक्ने निर्णय गरेसँगै चीनलाई झड्का लागेको हो । 

५ दिने चीन भ्रमणको अन्तिम दिन मलेसियाका प्रधानमन्त्रीले यस्तो घोषणा गरेका हुन् । उनले यसअघिको सरकारले चीनसँगको यो सम्झौताले नकारात्मक नतिजा दिने थाहा हुँदाहुँदै पनि सो सम्झौता गरिएको भन्दै उक्त समझौताहरु रद्द गर्ने बताएका थिए । 


बिस्तार बिस्तार चीनसँग सम्बन्धित रहेका मुलुकहरुलाई पनि चीनको ऋणमा डुबिने खतरा बढेको छ । श्रीलंका, म्यानमारदेखि लिएर मोन्टेनेग्रोसम्मका मुलुकहरु चीनको ऋणमा फस्नसक्ने देखिएको छ । 

चीनले आफ्नो बीआरआई योजनाका लागि उक्त मुलुकहरुमा अत्यधिक ऋण दिएको छ । यस्तोमा अत्यधिक मात्रामा ऋण दिएर उक्त क्षेत्रमा आफ्नो प्रभाव कायम राख्नु चीनको रणनीति रहेको आशंका गर्न थालिएको छ । यस्तोमा केहीले भने सम्भवत चीन अमेरिकाको विश्वव्यापी प्रभाव कम गर्नका लागि विभिन्न मुलुकहरुलाई आफ्नो ऋणको जालमा फसाउने दिशामा अघि बढिरहेको बताइएको हो । 

अहिले धेरै मुलुकहरुमा चीन केही बन्दरगाह निर्माणको क्षेत्रमा काम गरिरहेको छ । समुद्रमा पनि आफ्नो बलियो प्रभावका लागि चीनको यस्तो योजना आएको हो । अहिले चीन श्रीलंका, पाकिस्तान, म्यानमार र जिबुतीजस्ता स्थानहरुमा बन्दरगाह निर्माणको काम गरिरहेको छ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ