arrow

३२ वर्षपछि एसियार्डमा सहभागी नेपाल कोरियासँग पराजित

logo
प्रकाशित २०७५ भदौ ८ शुक्रबार
Asian-Games.jpg

काठमाडौँ। इण्डोनेसियामा जारी अठारौँ एशियाली खेलकूदअन्तर्गत भलिबलतर्फ शुक्रबार भएको दोस्रो खेलमा नेपाल दक्षिण कोरियासँग ३–० को सोझो सेटमा पराजित भएको छ ।

समूह ‘डी’ मा रहेको नेपाल शुक्रबार सम्पन्न दोस्रो खेलमा दक्षिण कोरियासँग २५–१६, २५–१३ र २५–१४ मा पराजित भएको जकार्तामा रहेका भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्टले जानकारी दिए । दुवै खेलमा पराजित नेपाल समूह चरणबाटै बाहिरिएको छ । नेपाल यसअघि बुधबार भएको पहिलो खेलमा चाइनिज ताइपेइसँग पराजित भएको थियो ।

एशियाली खेलकूदको पुरुष भलिबलतर्फ २० राष्ट्र सहभागी छन् । नेपालले ३२ वर्षपछि एशियाली खेलकूदमा भलिबलमा सहभागिता जनाएको हो । नेपालको भलिबल टोलीले पछिल्लो पटक सन् १९८४मा दक्षिण कोरियाको सिओलमा आयोजित एशियाली खेलकूदमा भाग लिएको थियो । भलिबल नेपालको राष्ट्रिय खेलसमेत हो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ