arrow

सुरुङ मार्ग निर्माणको जिम्मेवारीबाट पूर्वाधार विकास कम्पनीलाई हटाउन प्रदेश सरकारले गुहार्‍यो केन्द्रलाई

यस्तो छ प्रदेश तीनको  ६ महिने कार्यप्रगति विवरण

logo
सुनिल शिवाकोटी,
प्रकाशित २०७५ भदौ ८ शुक्रबार
hetauda-kathmandu-tunnel-highway.jpg.jpeg

हेटौँडा। सुरुङ मार्ग निर्माणको जिम्मेवारीबाट नेपाल पूर्वाधार विकास कम्पनीलाई हटाउन प्रदेश ३को सरकारले संघीय सरकारलाई गुहारेको छ। प्रदेश तीनले शुक्रबार आफ्नो ६ महिने कार्यप्रगति विवरण सार्वजनिक गरेर सुरुङ मार्गको कामबाट नेपाल पूर्वाधार विकास कम्पनीलाई हटाउन भनेको हो। 

शुक्रबार पत्रकार सम्मेलनको आयोजना  गर्दै प्रदेश सरकारले ६ महिना भित्र गरेका गतिविधिहरु सार्वजनिक गरेको हो । कार्यप्रगति विवरण  प्रदेश ३ का  मुख्यमन्त्री डोरमणि पौडेलले तीन महिनापछि प्रदेश सरकारको कार्यको परिणामा देखिने भन्दै देखिएका कानूनी जटिलताहरु पन्छाउँदै गएको बताए। 

कार्यप्रगति विवरण  प्रस्तुत गर्दै मुख्यमन्त्री  पौडेलले हालसम्म १४ वटा विधेयक पारित भई ऐनको रुपमा आइसकेको उल्लेख गर्दै भने ७ वटा विधेयक संसदमा विचाराधिन रहेको बताए। उनले ४ वटा विधेयक प्रमाणिकरणका लागि प्रदेशप्रमुखसम्म पुगेको बताए ।

त्यसैगरी  प्रदेश तीनको सरकारले सुरुङ मार्गलाई प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताए। पौडेलले संघीय सरकार यो विषयमा सकारात्मक रहेको बताए ।

यो वर्ष डिपिआर तयार गरिसक्ने भन्दै उनले यसका लागि ५ करोड रुपैयाँ विनियोजन गरिएको बताए। प्रदेश तीनको सरकारले आफ्नो नीति तथा कार्यक्रममा पारित गरेको एकिकृत नमुना वस्तीका लागि काम अघि बढाएको मुख्यमन्त्री पौडेलले जानकारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ