arrow

चित्र बहादुरको विकल्प खोजिदै

logo
प्रकाशित २०७२ फागुन ४ मंगलबार
Chitra.jpg.jpeg
काठमाडौं । सरकारमा गएर अलोकप्रिय भएपछि विस बर्ष देखि निर्विकल्प अध्यक्ष भएका चित्रबहादुर केसीको विकल्पमा राष्ट्रिय जनमोर्चा नयाँ नेताको खोजी हुन थालेको छ । 
 
२०५२ सालमा पार्टी स्थापना भएदेखि लगातार २० बर्ष अध्यक्ष भएका केसी राजनितिक दृष्टीकोणले लोकप्रिय भएपनि सरकारमा सहभागी भएदेखि अलोकप्रिय भएका छन् । सरकारमा गएर कुनै प्रभावशाली काम गर्न नसकेपछि आम नागरिकका विचमा मात्रै होईन अहिले पार्टी भित्र पनि उनको लोकप्रियता खस्कीएको छ । केसीको लोकप्रियता खस्कीएपछि पार्टी भित्र उनको विकल्पको खोजी हुन थालेको पार्टीका प्रभावशाली नेताहरुले बताएका छन् । 
 
यही फागुन ७ गते देखि ९ गते सम्म बुटवलमा हुन लागेको पार्टीको राष्ट्रिय महाधिवेशनबाट पार्टी र सरकारमा उनलाई दिईएको जिम्मेवगारीका बारेमा व्यापक बहस गरेर पुर्नविचार गर्ने तयारी भईरहेको छ । 
 
लामो समय देखि पार्टीका उनी मात्रै अध्यक्ष भएकाले अरुले पालो नपाउनु, पछिल्लो समयमा कार्यकर्ताको सुझावलाई वेवास्ता गर्नु, सरकारमा गएर राम्रो काम गर्न नसक्नु नै उनको विकल्प खोज्नुको मुख्य कारणहरु हुन् । त्यसैगरी सरकारमा रहेर राम्रो काम गर्न नसकेपछि सरकारबाट बाहिरिन कार्यकर्ता तहबाट आएको व्यापक दवाव र सुझावलाई सुन्दै नसुनी सत्तामा टाँसीईरहनु पनि उनको विकल्प खोज्नै पर्ने अर्को मुख्य कारण भएको नेताहरुले बताएका छन् । 
 
उनको विकल्पको रुपमा सन्तबहादुर नेपाली, रश्मिराज नेपाली, मिना पुन लगायत मध्ये कुनै एक नेतालाई अगाडी सार्ने तयारी पार्टी भित्र भईरहेको छ । “यसअघिका महाधिवेशनहरुमा उनको विकल्पका बारेमा खासै छलफल नै हुदैन थियो, तर यस पटक राम्रैसंग पुर्नविचार गरिने भएको छ”, ति नेताले भने, “केही ससर्त उनलाई नै फेरी जिम्मेवारी दिने संभावना हुदै नभएको होईन, तर अवस्था पहिलाको जस्तो छैन ।” 
 
आफ्नै पार्टी भित्र र बाहिर अलोकप्रिय भएपछि पार्टीले फिर्ता बोलाउने संभावना देखेर सरकारले पनि उनको विकल्पको खोजी गर्न थालेको छ । सरकारकै कतिपय गतिविधिका विरुद्धमा बोलेर सरकार र प्रधानमन्त्रीलाई नै नैतिक संकट पार्दै आएका केसीका विकल्पमा प्रधानमन्त्री ओलीले पनि भित्रभित्रै तयारी गरेको प्रधानमन्त्री निकट श्रोतले जनाएको छ । केहीगरी पार्टीले उनलाई फिर्ता बोलाउने निर्णय गरेर फिर्ता भएमा उनको ठाउमा के गर्ने भन्ने बारेमा सामन्य छलफल भईरहेको प्रधानमन्त्रीका एक सल्लाहकारले जानकारी दिए । 
 
यो मोर्चा, नेपाल कम्युनिष्ट पार्टी(मसाल)को वैधानिक मोर्चा हो । २०७० सालको  संविधान सभाको निर्वाचनमा यो मोर्चा, गिलास चुनाव चिन्ह लिएर मैदानमा उत्रिएको थियो । उक्त निर्वाचनमा सो मोर्चाको “गणतन्त्रलाई संस्थागत गरौं, राष्ट्रियताको रक्षा गरौं, संघीयताको विरोध गरौं” मूल नारा रहेको थियो । संघीयताले नेपालको राष्ट्रियता, सार्वभौमिकता तथा अखण्डतामा चोट पुग्ने यो मोर्चाको ठहर छ । विदेशीको इशारामा नेपालमा संघियता भित्राइएको यो मोर्चाको मान्यता रहदै आएको छ । मोर्चाको केन्द्रिय कार्यालय कपन, काठमाडौंमा छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ