arrow

‘स्वरोजगारलाई विनाधितो लगानी’

logo
प्रकाशित २०७५ भदौ १० आइतबार
gokarna_bista.jpg

काठमाडौँ । सरकारले युवा स्वरोजगारका लागि केही युवालाई विनाधितो ऋण लगानी गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले युवा स्वरोजगार उत्पादन तथा उद्यमशीलताको विकासका लागि विनाधितो ऋण लगानी गर्ने बताए ।

किङ्स कलेजले आयोजना गरेको ‘युनस सोसियल विजिनेस च्यालेञ्ज २०१८¬’ को यहाँ उद्घाटन गर्दै मन्त्री विष्टले भने, “हजारौँ युवामा श्रम र उद्यमशीलताबाट टाढिने मानसिकताका कारण बेरोजगारीको समस्या बढेको छ । सानो पूँजीको अभावमा पनि कोही युवा उद्यमशील बन्नबाट बञ्चित हुनु पर्ने छैन । केही हजार युवालाई स्वरोजगार बनाउने गरी विनाधितो रु पाँचदेखि १० लाख ऋण लगानी गर्न सरकार तयार छ ।”

युवा स्वरोजगारका लागि चालू आवमा सरकारले बजेट विनियोजन गरेको उल्लेख गर्दै मन्त्री विष्टले उद्यमशील मानसिकताका साथ युवाको सक्रिय सहभागिता हुन जरुरी छ भने । श्रमलाई सम्मान गर्ने मानसिकताको अभावले उद्यमशीलताको विकास हुन नसकेको बताउँदै उनले सामान्य पढेलेखेका युवामा सानो काम गर्नुहुन्न भन्ने नकारात्मक सोच नै चुनौती बनेको उल्लेख गरे।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ