सांसद बोलिरहदा रोष्ट्रममा अमर्यादित ओहोरदोहर भएपछि सभामुख 'फायर'

दिए कडा निर्देशन

प्रकाशित मिति : २०७५ भदौ १० आइतबार
फाइल तस्विर

काठमाडौँ ।  सभामुख कृष्णबहादुर महराले सांसदहरुलाई मर्यादित भई बैठकमा प्रस्तुत हुन निर्देशन दिएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदहरुले बोलिरहँदा अमर्यादित ढङ्गबाट रोष्ट्रम अगाडिको भागबाट ओहोरदोहोर नगर्न सभामुखले निर्देशन दिए ।

प्रतिनिधिसभा नियमावली र संसदीय मर्यादाअनुसार एक जना सांसदले बोलिरहँदा अन्य सदस्यले बोल्नु संसदीय मर्यादाविपरीत हुने भन्दै सभामुख महराले सांसदहरुलाई यस विषयमा पनि गम्भीर हुन निर्देश गरे ।

 प्रतिनिधिसभाको आइतबारको बैठक चलिरहँदा केही सांसदहरु रोष्ट्रम अगाडिबाट आवतजावत गरेपछि उनले सो निर्देश दिएका हुन् ।

नयाँ