सांसद बोलिरहदा रोष्ट्रममा अमर्यादित ओहोरदोहर भएपछि सभामुख 'फायर'
दिए कडा निर्देशन
प्रकाशित २०७५ भदौ १० आइतबार
734
Shares
काठमाडौँ । सभामुख कृष्णबहादुर महराले सांसदहरुलाई मर्यादित भई बैठकमा प्रस्तुत हुन निर्देशन दिएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदहरुले बोलिरहँदा अमर्यादित ढङ्गबाट रोष्ट्रम अगाडिको भागबाट ओहोरदोहोर नगर्न सभामुखले निर्देशन दिए ।
प्रतिनिधिसभा नियमावली र संसदीय मर्यादाअनुसार एक जना सांसदले बोलिरहँदा अन्य सदस्यले बोल्नु संसदीय मर्यादाविपरीत हुने भन्दै सभामुख महराले सांसदहरुलाई यस विषयमा पनि गम्भीर हुन निर्देश गरे ।
प्रतिनिधिसभाको आइतबारको बैठक चलिरहँदा केही सांसदहरु रोष्ट्रम अगाडिबाट आवतजावत गरेपछि उनले सो निर्देश दिएका हुन् ।