arrow

पोखराको फेवातालमा किशोरी मृत फेला

logo
सरिता तिम्सिना पगेनी,
प्रकाशित २०७५ भदौ ११ सोमबार
fewaal.jpg.jpeg

पोखरा।  पोखराको फेवातालमा एक किशोरी मृत फेला परेकी छन । पोखरा २२ , पुम्दीभुम्दी, की १८ बर्षिय सुस्मीता लामिछाने मृत भेटिएको प्रहरीले जानकारी दिएको छ ।

उनी पोखराको छोरेपाटन उच्च माबिको कक्षा १० मा अध्ययनरत थिइन ।उनी आइतबार रातिदेखि नै बेपत्ता  भएको पारिवारिक श्रोतले बताएको छ ।

  राति १२ बजे तिर पोखराको ड्यामसाइडबाट साथी र नजिकको दाजुलाई म्यासेज गरेर बेपत्ता भएकी लामिछानेको झोला र मोवाइल ड्यामसाइडकै फेवा किनारमा भेटिएको थियो ।

नेपाल प्रहरी को रेस्क्यु टिमले उनको शब निकालेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी रबिन्द्रमान गुरुङले जानकारी दिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ