arrow

कर शिक्षा कार्यक्रम गर्दै आन्तरिक राजस्व कार्यालय

logo
युबराज रेग्मी,
प्रकाशित २०७५ भदौ ११ सोमबार
tax-gauradaha.jpg

झापा । आर्थिक वर्ष सुरुवातसँगै झापामा आन्तरिक राजस्व कार्यालयले कर शिक्षा छलफल तथा अन्तरकृया कार्यक्रम संचालन गर्दै आएको छ ।

झापाको गौरादह नगरपालिकामा गौरादह उद्योग बाणिज्य संघको आयोजनामा बाणिज्य संघको सभा हलमा सोमबार एक औपचारिक कार्यक्रमका साथ कर शिक्षा तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

राज्यले कर बढाएको भन्ने विषय सर्वत्र निन्दा हुँदा उद्योगी, व्यवसायी तथा सम्पुर्ण करदाताहरुलाई जानकारी गराउन उक्त कार्यक्रमको आयोजना  गरिएको थियो ।

विभिन्न स्थानिय निकायले आ- आफ्नै किसिमले आन्तरिक कर तथा सुल्क निर्धारण गरिदा देशभर नै अहिले करको विषयमा चर्चा र परिचर्चा हुँदै आएको छ ।

कार्यक्रममा कर कार्यालय प्रमुखले कुन व्यवसायीले कति कर तिर्ने ? कुन कुन व्यवसाय करको दायरामा आउनुपर्ने भन्ने प्रस्ट पारेका थिए । हालसम्म दमक क्षेत्रमा ३२ वटा कार्यक्रम संचालन भैसकेको र गौरादह नगरपालिकामा प्रथम पटक यस्तो कार्यक्रम आयोजना भएको जानकारी दिए ।

सामान्य किसिमका ब्यबसाय संचालन गर्नका लागि स्थानिय निकायमा सर्बप्रथम इजाजत लिनु पर्ने तथा विशेष किसिमका व्यवसायको हकमा सम्बन्धित निकायबाट इजाजत पत्र लिएर मात्र व्यवसाय संचालन गर्न सकिने नियममा उल्लेख छ ।

हाल आयकर ऐन २०५८ र नियमावली २०५९ अनुसार करका नियमहरु देशमा लागू छन। व्यवसाय संचालनका लागि साना व्यवसायीले प्यान र ठुला व्यवसायीकले भ्याटमा दर्ता हुनुपर्ने प्राबधान ऐनमा उल्लेख छ ।

नयाँ प्राबधान अनुसार व्यवसायी आफैले युजर आइडी मार्फत कर बिबरण भर्न सकिने तथा बैंक मार्फत आफ्नो कर रकम दाखिला गर्न सकिने ब्यबस्था छ । कर दाता हरुले करबारे सेवा लिन अब कर कार्यालय धाउनु पर्ने झन्झटबाट मुक्त भएका छन ।

कार्यक्रममा सभापती गौरादह उद्योग बाणिज्य संघका अध्यक्ष श्री जीवन राइले गौरादहका व्यवसायीहरुलाई कर सम्बन्धी आवश्यक जानकारी दिलाउन कार्यक्रमको आयोजना गरिएको जानकारी गराए ।

कार्यक्रममा आन्तरिक राजस्व कार्यालय दमकका प्रमुख तिलक बहादुर थापाले उक्त कार्यक्रमको सहजिकरण गरेका थिए ।

सरकारको असार २० गतेको निर्णय बमोजिम भाद्र १ गतेदेखि दमकस्थित करदाता सेवा कार्यालय आन्तरिक राजस्व कार्यालयमा रुपान्तरण भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ