arrow

काठमाडौं-नागढुङगा छिर्ने सडकको बायां लेन कामै नलाग्ने

logo
प्रकाशित २०७५ भदौ ११ सोमबार
road-munglin.jpg

काठमाडौं। नेपालको राजधानी काठमाडौंसंग मुलुकको अन्य भागहरु जोडिने नाका मुग्लिन काठमाडौं सडक खण्डको काठमाडौं छिर्ने बायां लेन कामै नलाग्ने गरि विग्रिएको छ ।

धादिङका बिभिन्न स्थानहरुबाट पानी सहितको बालुवा लोड गरि काठमाडौं प्रवेश गर्ने ट्रिपर र बाटोको क्षमता भन्दा अत्यधिक बढी भार बोकेर आएका ठूला मालबाहक भारतीय तथा नेपाली  ट्रकहरुको कारण सडक साना जीप कार लगायतका सवारी साधनहरु चलाउनै नमिल्ने गरि सडक विग्रिएको हो ।

समयमै उक्त सडक निर्माण र मर्मत नगर्ने हो भने नजिकै आउँदै गरेको नेपालीहरुको महान चाड दशैंमा उपत्यका बाहिर जाने यात्रुहरुले कलंकीदेखि नै घण्टौं जाममा बस्नु पर्ने अबस्था आउने देखिएको छ। 

बिगतमा पनि बालुवा लोड भई पानी चुहाउंदै आएका ट्रिपरहरुको कारण सडकको बायां लेन कामै नलाग्ने गरि बारम्बार बिग्रेको र सरोकारवाला जिम्मेवार निकायहरुले उचित ध्यान नदिंदा राज्यले करोडौ लगानी गरि निर्माण र मर्मत गरेका सडकहरु उचित व्यबस्थापन र निगरानीको अभावमा सडक निर्माण र मर्मत कार्य बालुवामा पानी बगाए जस्तो भएको छ। पटकपटक बन्दै आएपनि ट्रिपर व्यवसायीहरु र मालवाहक सवारी धनीहरुका अगाडी सम्वन्धित निकाय निरिह बन्दा २ महिना पनि सडकले जिवन्तता प्राप्त गर्न सकिरहेको छैन। 

नारायणगढ मुग्लिन सडक खण्ड सरकारले तोकेको मितिभन्दा ढिलो गरि तयार भएको भएता पनि अहिले सडकको अबस्था राम्रो रहेको तर जलबिरे नजिक सडकको तल्लो भागमा पहिरो गएको कारण तलैबाट पुन वाल उठाई सडक निर्माण गर्नुपर्ने छ। यहि कारणले सो स्थानमा एकतर्फि रुपमा संचालनमा रहेको कारण उक्त स्थानमा पनि मर्मत नहुन्जेल पुन जाम हुने निश्चित छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ