महिन्द्राको 'प्लस न्यु एक्सयूभी ५००' नेपाली बजारमा
प्रकाशित २०७५ भदौ १२ मंगलबार
460
Shares
काठमाडौं। महिन्द्राले नेपाली बजारमा आफ्नो 'प्लस न्यु एक्सयूभी ५००' सार्वजनिक गरेको छ। नक्साल स्थित आफ्नो सोरुममा एक कार्यक्रम मार्फत उक्त कार सार्वजनिक गर्दै नेपालका लागि महिन्द्रा कारको आधिकारीक बिक्रेता अग्नि इन्कर्पोरेटेडले अत्याधिक रुचाइएको एक्सयूभी ५०० लाई थप नयाँ रुपमा भित्राउन पाउँदा खुसी लागेको बताएको छ।
आकर्षक नयाँ डिजाइन तथा १५५ हर्स पावरको क्षमता भएको इन्जिन जडित नयाँ सुभ ५०० आकर्षक डिजाइन, उच्च शक्ति र टर्कयुक्त आरामदायी इन्टेरियर, यो उत्कृष्ट एसयूभी मापदण्डको गाडी हो।इलेक्ट्रिकल सनरुफ, न्यु स्मार्ट वाच कनेक्टिभिटी जीपीएस नेभिगेशन युक्त १९ सेमीको टचस्क्रिन इंफोटेग्मेन्ट तथा अन्य विविध सुरक्षाको सुविधाले गर्दा प्लस 'न्यु सुभ ५००' लाई थप आकर्षक बनाएको कम्पनीको दाबी रहेको छ।
गाडीको अनावरण गर्दै महिन्द्रा एण्ड महिन्द्राका अन्तर्राष्ट्रिय विभाग (दक्षिण एसिया)का उपाध्यक्ष सञ्जय जादवले आकर्षक मूल्य, बेजोड कार्यक्षमता र आफ्नो श्रेणीमा उत्कृष्ट सुरक्षाका कारण यो एसयूभीले नयाँ उचाई चुमेको बताए। एक्सयूभी ५०० अग्रणी एसयूभी रहेको उनले जनाए।
कार्यक्रममा बोल्दै अग्नि समूहका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले महिन्द्राका एसयूभी बलिया भएकै कारण विकट भूभागहरूमा समेत उत्कृष्ट कार्य प्रदर्शन गर्दै आएको बताए । 'प्लस न्यू एक्सयूभी ५०० 'नयाँ स्वरूप र नयाँ विशेषतामा भरिपूर्ण भएकाले ड्राइभिङको आनन्द र उत्साह अझ बढाउने उनको भनाइ छ ।