arrow

उत्तर कोरियाको अनावश्यक उत्तेजनानै शान्तिका लागि खतरा : राष्ट्रपति पार्क

logo
प्रकाशित २०७२ फागुन ४ मंगलबार
park-geun-hye.jpg.jpeg
सोल। दक्षिण कोरियाका राष्ट्रपति पार्क गेन हाइले उत्तर कोरियाले जारी राखेको आणविक अश्त्र प्रयोगको उत्तेजनालाई निस्तेज पार्न फरक तरिका अपनाउनुपर्ने धारणा राख्नुभएको छ । उहाँले उत्तर कोरियाले विश्व समुदायका साथै संयुक्त राष्ट्रसंघकै बेवास्ता गरेर यो आणविक परीक्षण गरेको भन्दै उसलाई विश्व समुदायबाट अलग्याउन विशेष पहल गर्नुपर्नेमा जोड दिनुभयो । 
 
उहाँले मङ्गलबार राष्ट्रिय सभामा दिनुभएको सम्बोधनका क्रममा भन्नुभयो– यो उसको अनावश्यक उत्तेजना हो र यो नै शान्तिका लागि खतरा पनि हो । दक्षिण कोरियालीहरु उत्तरको आणविक धम्कीले विगतका वर्षहरुमा निकै नै डराएर बसिरहेको भएपनि अबका दिनमा भने पछि नहट्ने र शान्तिका लागि अडान लिने बेला आएको छ– सो सम्बोधनका क्रममा उहाँले भन्नुभयो । उत्तर कोरियालाई परिवर्तन गर्न र शान्तिका लागि प्रतिबद्ध बनाउन अब आधारभूत रुपमा नै परिवर्तन ल्याउनु जरुरी रहेको उहाँले बताउनुभयो । 
 
उत्तर कोरियाले हालै लामो दुरीको रकेट परीक्षण गरेको केही समयपछि उहाँको यो प्रतिक्रिया आएको छ । उत्तरको सो परीक्षणपछि विश्वव्यापी रुपमा नै विरोध भएको थियो । विश्वका विभिन्न नेता तथा संयुक्त राष्ट्रसंघका महासचिवले पनि उत्तर कोरियाको त्यस व्यवहारका विरुद्धमा काम गर्नुपर्ने धारणा राख्दै आउनुभएको छ । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ