arrow

राजधानीका सडक टाल्न ४ करोडको बजेट : टाल्नै नपार्इ उप्किन थाल्यो

logo
प्रकाशित २०७५ भदौ १३ बुधबार
kaopatre.JPG

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी राष्ट्रहरूको प्रयास (बिम्स्टेक) सम्मेलनमा विदेशबाट आउने पाहुनाको अगाडी लाज ढाक्न  शुरु गरिएको राजधानीका केही सडकका खाल्डाखुल्डी टालटुल पार्नका लागि ३ करोड रुपैयाँ भन्दा बढी खर्च हुने भएको छ । 

सम्मेलनलाई लक्षित गरी मर्मत गरिएका सडकका लागि ४ करोड बिनियोजन गरिएपनि ३ करोडभन्दा केही बढी लाग्ने सडक भिडिजन कार्यालयले जनाएको छ। लामो समयदेखि बिग्रिएका काठमाडौंका विभिन्न सडकका खाल्डाखुल्डी बिम्स्टेकको मौका छोपेर धमाधम टाल्ने र कालोपत्रे गरिएको छ। यो क्रम आज बिहानसम्म मात्रै चल्ने सडक डिभिजन कार्यालय काठमाडौँका प्रमुख मुकुन्द अधिकारीले जानकारी दिए। बिहिबारबाट बिम्स्टेक शुरु हुनेभए पनि पुर्वसन्ध्यासम्म दिन रात नभनी  काम गरिरहेको उनले बताए ।  

पछिल्लो समय महाराजगञ्ज जमल क्षेत्रमा काम भएको उनको भनाइ छ । काठमाडौँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि राष्ट्रपति निवास, टुँडिखेल लगायतका विभिन्न रुटहरूमा कालोपत्रे गर्ने र टाल्ने काम भएको छ । सरकारले  बिम्स्टेक लक्षित सडकका खाल्डाखुल्डी पुर्न, टाल्न र  कालोपत्रे गर्न मात्र चार करोड बजेट विनियोजन गरेको थियो । 

मर्मतको काम झारा टार्ने गरी भइरहेको गुनासो आइरहेका बेला अधिकारीले भने मर्मत गर्ने मौसम बिल्कुलै नभएपनि बाध्यताले गर्न परेको र यो समयमा पिच गरीने अधिकांश सडक उप्कने बिग्रने गरेको स्वीकारे । तैपनि उच्च गुणस्तरको लागि कोल्डमिस्क प्रविधि प्रयोग भइरहेको र कामदारलाई मौसमले साथ दिएको समयमा काम गराउने र पानी परेका बेला सुत्ने ब्यबस्था मिलाइएको उनले बताए ।

खानेपानीको पाइपलाइन र ढल मर्मतको काम भइरहेको साथै बर्षातको पनि मौसम भएकाले सडक मर्मतको समय यो बिल्कुलै नभएको अधिकारी स्वीर्काछन् । सडक टाल्ने समय अहिले नभएपनि सरकारको निर्णय मान्नै पर्ने बाध्यताले गर्दा काम गरिएको उनको भनाई छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ