arrow

सुनसरीमा युवाको चमत्कार, ‘ट्याङ्की खाली भए अन र भरिए अफ हुने स्वचालित मोटर’

logo
कुमोद अधिकारी।
प्रकाशित २०७२ फागुन ४ मंगलबार
Sunsari-hamrakura-237x300.jpg.jpeg
विराटनगर । सुनसरी दुहवी–४ का एक युवकले पानी ट्याङ्की खाली भएपछी अन हुने र भरिएपछी आफै अफ हुने स्वचालित मोटरको विकास गरेका छन् । इटहरी स्थित सुसमा कोइराला इन्जिनियररिङ कलेजवाट ओभरसियर गरिसकेका निमेस खुलाल यस्तो प्रवृधिको विकास गरेका हुन् । जुनियर इन्जिनियर खुलालले विराटनगरमा पत्रकार सम्मेलनगरी विद्युतवाट स्वचालित अटोगाड प्रविधिको विकास गरेको जनाए छन् । 
 
खुलालले डिभाइसको माध्यमबाट घरमाथी रहेको पानी ट्याङ्की पानी भरिएपछी आफै पानी तान्ने मोटर अफहुने र टंकी खाली भएपछी पुन मोटर संचालनमा आउने प्रवृधिको विकास गरेका हुन । डिभाइसबाट तार जोडेर घरको छानामा रहेको पानी ट्याङ्कीमा पुगेपछी अन अफ हुने यो प्रवृधि अपनाएपछी ट्याङ्कीमा पानी भरिएर खेर नजाने सुनाए । 
सो प्रविधि अन्तर्गत ९ भोल्टबाट संचालित डिभाइसले सवै काम गर्ने छ ।
 
त्यसका लागी एउटा डिभाइस प्रयोगमा ल्याइएको छ । पत्रकार सम्मेलनमा खुलालले अहिलेसम्म यो प्रविधि बजारमा आइ नसकेको र बजारमा आएपछी यसको मूल्य ३५ सय रुपैँया पर्ने बताए । दुई हजारको खर्चमा दुई महिना लगाएर डिभाइस निमार्ण गरेको उनले जानकारी दिए । कुनै कम्पनीले माग गरे  तत्काल यो प्रविधि बजारमा ल्याउन सकिने उनको भनाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ