arrow

सन्दीप लामिछानेको कमालको स्पेल, लिए चार विकेट 

logo
प्रकाशित २०७५ भदौ १४ बिहिबार
sandip.jpg

काठमाडौं । मलेसियामा जारी एसिया कप क्रिकेटछनोटको दोस्रो खेलमा नेपालले युएईसंग खेलिरहेको छ । क्वालालम्पुरमा भइरहेको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गरेको छ । पहिलो खेलमा ओमानविरुद्ध एक विकेट पनि नलिएका सन्दीप लामिछानेले युएईविरुद्ध भने निकै राम्रो बलिङ गरेका छन् । 

सन्दीपले ४ विकेट लिएका छन् । उनले १० ओभरमा २ मेडन राख्दै २४ रन खर्चेर ४ विकेट लिएका हुन् । 

युएई ओमानभन्दा सशक्त देखिएको छ । 

पहिलो खेलमा नेपाल ओमानसंग ७ विकेटले पराजित भएको थियो । युएईले सिंगापुरलाई २१५ रनले हराएका थियो । 

नेपालले लिग चरणमा शनिबार आयोजक मलेसिया, आइतबार सिंगापुरविरुद्ध र अन्तिम खेल आगामी मंगलबार हङकङविरुद्ध खेल्नेछ।

बिहिबार सिंगापुरले हङकङसंग र आयोजक मलेसियाले ओमानसंग खेलिरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ