arrow

बेलायतका लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रचण्डको आग्रह

logo
प्रकाशित २०७५ भदौ १४ बिहिबार
prachanda-pushpa-dahal_7591.jpg

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बेलायतका लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गरेका छन्  ।

बेलायती सरकारको दक्षिण एशिया विभाग निर्देशक ग्यारेथ बेलीसँग आफ्नो निवास खुमलटारमा भएको भेटमा उनले राजनीतिक परिर्वतनपछि नेपालमा आर्थिक समृद्धिको लहर आएको र राजनीतिक स्थायित्व कायम भएको बताउँदै नेपालमा जलविद्युत्को प्रचुर सम्भावना भएको स्पष्ट गरे।

 विश्वका धेरै लगानीकर्ता यहाँ लगानी गर्न इच्छुक रहेको बताउँदै उनले भने, “हामी लगानीकर्ताको सुरक्षा र लगानीलाई सुरक्षा दिने योजना बनाइरहेका छौँ ।”

भेटका अवसरमा प्रमुख बेलीले ‘विश्वभरिमा सबैभन्दा प्रिय देश नेपाल भएको बताउँदै यहाँ लगानी गर्न बेलायती लगानीकर्ता इच्छुक रहेको जानकारी दिए ।

उनले नेपाल सरकारलाई आफूहरुको पूर्ण समर्थन रहेको बताउँदै देशको विकास यो सरकारले नै गर्नेमा आफूहरु ढुक्क रहेको स्पष्ट गरे ।

 प्रमुख बेलीले अध्यक्ष दाहाललाई नेपालका अत्यन्त लोकप्रिय नेताको संज्ञा दिँदै शान्ति प्रक्रियादेखि वर्तमान स्थिर सरकारसम्म विकसित राजनीतिक घटनाक्रमबारे जिज्ञासा राखेको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ