arrow

स्वचालित कारमा ५० करोड डलर लगानी गर्दै टोयोटा

logo
प्रकाशित २०७५ भदौ १५ शुक्रबार
toyota-logo1.jpg

एजेन्सी। जापानी कार निर्माता कम्पनी टोयोटाले स्वचालित कारको योजना विस्तारको लागि ५० करोड डलरको लगानी बढाउने भएको छ। अहिले दुई कम्पनीहरु स्वचालित कार निर्माणको लागि अघि बढेका हुन्। युबेरको सहयोगमा उत्कृष्ट स्वचालित कार ल्याउने योजनामा टोयोटा अघि बढिरहेको कम्पनीले बताएको छ।

विशव बजारमा स्वचालित कार निर्माणको लागि अघि बढिरहेका कम्पनीहरुको बीचमा बढ्दो प्रतिस्पर्धाको क्रममा टोयोटा र उबरको बीचमा यस किसिमको सम्झौता भएको हो। यो सम्झौतामा उबरको मूल्य पनि ७२ अर्ब डलरमा रहेको छ। यद्यपि उसले पछिल्लो समय अत्यधिक मात्रामा गिरावटको सामना गरिरहेको छ। उबरको लगानीमा गएको मे महिनायता १५ प्रतिशतले वृद्धि भइसकेको छ। यो नतिजा फेब्रुअरी महिना बराबरको रहेको छ।

कम्पनीले सार्वजनिक गरेको विज्ञप्तिमा स्वचालित प्रविधिमा टोयोटासँग सहकार्य गरेर अघि बढ्ने तयारी भइरहेको उल्लेख गरिएको छ। अहिले भएको सम्झौता अनुसार यो उत्पादन निर्माण सुरु भई सन् २०२१ बाट यसको परीक्षण गरिने कम्पनीले बताएको छ। परीक्षण सुरु हुँदा यसको उत्पादनमा पाइलट पनि राखिने बताइएको छ। 

टोयोटाका अधिकारीहरुले अहिले अघि सारिएको यस किसिमको योजनाले आगामी दिनमा कम्पनीलाई आफ्नो व्यापारमा थप विस्तारको लागि सहयोग पुग्ने बताएका छन्। यद्यपि टोयोटा र उबर दुवै कम्पनीहरु स्वचालित कार निर्माणको हिसाबमा केही पछि परेका छन्। अल्फाबेटको वेमोजस्ता कम्पनीहरु यो क्षेत्रमा निकै अघि बढिसकेको अवस्थामा उनीहरु भने भर्खर पहिलो चरण पार गर्ने अवस्थामा रहेका हुन्। 

उबर कम्पनीले पनि यसअघि सुरु गरेको स्वचालित कारको परीक्षणको क्रममा दुर्घटना भएसँगै उसको योजनामा धक्का लागेको छ। अमेरिकाको एरिजोनामा उबरको स्वचालित कार दुर्घटना भएको थियो। त्यसयता कम्पनीले आफ्नो स्वचालित कारको योजना केही समयका लागि स्थगित गरेको थियो। उबरको योजना टोयोटाको लागि पनि एक महत्वपूर्ण अवसर बन्नसक्ने विश्लेषकहरुको भनाइ छ। उबरले पछिल्लो समय सार्वजनिक गरेको विवरणमा आफ्नो व्यापारिक प्रतिफलमामा गिरावट आइरहेको विवरण सार्वजनिक गरेको छ। उसले आफ्नो व्यापारमा १० देखि २० लाख डलरसम्मको नोक्सानी भइरहेको बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ