प्रतिपक्षविहिन प्रदेश २ को सरकार जे मन लाग्यो त्यही गर्न लागेको आरोप
प्रकाशित २०७५ भदौ १५ शुक्रबार
390
Shares
काठमाडौं । केही समयदेखि तरकार तथा फलफूल खेतीमा रमाईरहेका जेपी गुप्ता फेरि राजनीतिमा सक्रिय हुने भएका छन् । राष्ट्रिय तराई मधेश अभियानका संयोजक समेत रहेका गुप्ताले मधेशमा आन्दोलन गर्ने भन्दै बैठक गरेका छन् । उनले आन्दोलनका विषयमा दुई दिन छलफल चलाए ।
सिरहाको लहानमा अभियानको सचिवालय बैठक राखे । उनले आन्दोलनको तयारी गरेका छन् । भ्रष्टाचारको मुद्दामा जेल परेर छुटेपछि गुप्ता राजनीतिक दलमा नलागि मधेश अभियानको माध्यमबाट सक्रिय भए । जेलबाट फर्किपछि उनी तरकारी तथा फलफूल खेतीमा लागे । विशेषगरी बेसार खेतीले उनी चर्चामा आए । गृहजिल्ला सप्तरीको धरमपुरमा गुप्ताले तरकारी र फलफूल खेती गर्दै आएका छन् ।
उले आफ्नो फर्ममा तरकारी, अंगुर, लिची, आँप फलाउने गरेका छन् । साथमा बेसार खेती पनि । तर, अब उनी राजनीतिमा फर्किने सुरसारमा लागेका छन् । उनले भनेका छन्, ‘चुनावमा हाम्रो संगठन सहभागी भएन । त्यो बेला कुनै गतिविधि गर्नु भनेको त्यसको विरोधमा जानु हो त्यसैले त्यतिबेला चुप चाप बसे । चुनावपछि स्थानीय, प्रदेश र संघीय सरकार गठन भयो । यी सरकारले मधेशमा केही गर्ला कि भनेर हामी पर्ख र हेरको अवस्थामा बस्यौं । तर, यत्रो समय बित्दा समेत केही नगरेको देखेपछि हामी अब जनताको बीचमा जाने निर्णय गरेका छौं ।’
उनले देश २ मा प्रतिपक्षविहिन सरकार छ, भने । प्रतिपक्षविहिनको सरकार जे मन लाग्छ त्यही गरिरहेको छ, उनले थपे, ‘फोरम नेपाल संघीय सरकारमा सहभागी भएका कारणले प्रदेशमा नेकपा त्यसको विरुद्धमा केही बोल्दैन ।’ प्रदेश २ को सरकारले लोकप्रियताका लागि मात्र काम गरिरहेको आरोप लगाउँदै उनले अब आफुहरु त्यसको खबरदारी गर्ने बताए । उनले १३ जिल्लामा संगठन बलियो बनाईसकेका छन् । यस्तै, १८ जिल्लामा परिषद्का सदस्यहरु मात्रै रहेका बताईन्छ ।