काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको पहलमा ट्रेनिङ कम वर्कशप अन इन्हेन्सिङ ट्याक्स स्किल कार्यक्रम सम्पन्न भएको छ । अन्नपूर्ण होटल दरबारमार्गमा भएको सो कार्यक्रमको सभापतित्वमा नाडाका कार्यवाहक अध्यक्ष श्री कृष्णप्रसाद दुलालले गरेका थिए ।
नाडाकाले यस किसिमको कार्यक्रम विगतमा पनि गर्दे आएको छ । उक्त तालिम कार्यक्रमा नाडाका कूल ८१ सदस्य फर्म-कम्पनीहरुले आफनो सहभागिता जनाएका छन् । सो कार्यक्रममा आन्तरिक राजश्व विभागका निर्देशक शरद निरौला, भन्सार विभागका निर्देशक ज्ञानेन्द्रराज ढकाल, तथा सि.ए तथा कार्यक्रमका प्रशिक्षकद्धय साहिल अग्रवाल तथा निकेत अग्रवालज्यूले प्रशिक्षण दिएका थिए ।
नाडाले सरकारको प्रतिनिधित्व सहित यस किसिमको तालिम कार्यक्रम आयोजना दोश्रो पटक गरेको हो । खासगरी अटोमोवाइल खुद्रा व्यवसायीहरुले भोग्नु परिरहेका विविध समस्याहरुलाई दृष्ट्रिगतगरी तालिम कार्यक्रमको आयोजना गरिएको नाडाले जनाएको छ ।
सो कार्यक्रमको संयोजन तथा व्यवस्थापन नाडाका उपाध्यक्ष तथा राजश्व समितिका सभापति प्रकाश कपुरीले गरेका थिए भने उक्त तालिम कार्यक्रम नाडाका महासचिव सुनिल रिजालले सञ्चालन गरेका थिए ।