arrow

के भयो रोनाल्डोलाई ? २७० मिनेट मैदानमा, २४ प्रहार गोल ‘०’

logo
प्रकाशित २०७५ भदौ १७ आइतबार
ronaldo23.jpg

काठमाडौं । इटालियन सिरी एमा युभेन्टस्को विजयी यात्रा कायमै छ । शनिबार रातिको खेलमा युभेन्ट्सले पार्मालाई २–१ ले पराजित गरेको छ । 

तर स्पेनिस क्लव रियाल मड्रिडबाट युभेन्टस गएका क्रिष्टियानो रोनाल्डोले भने अहिलेसम्म गोल गर्न सकेका छैनन् ।  उनी पुरै समय खेलेका थिए । 


खेलको दोस्रो मिनेटमा नै पाहुना टोली युभेन्टसले अग्रता लिएको थियो । क्रोएसियाका फरवार्ड मारियो मान्जुकिचले गोल गर्दै टोलीलाई अगाडि बढाए । ३३ औं मिनेटमा जर्भिन्होले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा ल्याएका थिए । ५८ औं मिनेटमा ब्लेस माटूइडीले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाए । 

लिगमा लगातार तेस्रो जित दर्ता गरेको युभेन्ट्स अंक तालिकाको शीर्ष स्थानमा छ । 

तर रोनाल्डोले लिगका तीनै खेलमा पुरै समय खेलेर पनि गोल गर्न नसक्दा भने टाउको दुखाइ भएको छ । 

उनले पोस्टमा २४ प्रहार गरेका छन् तर गोल गर्न सकेका छैनन् । 

Luca Rigoni is denied by a superb point-blank save from keeper Wojciech Szczesny

Blaise Matuidi can't hide his delight after he steered home with what proved to be the winner

Gervinho wheels away in delight after grabbing a shock equaliser for the hosts on his full debut

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ