arrow

छालाको रोगले ग्रसित रमेशलाई बेलायतबाट सहयोग

‘तीन वर्षमै कुरुप भए रमेश’

logo
प्रकाशित २०७२ फागुन ५ बुधबार
ramesh-darji.jpg.jpeg
काठमाडौं । छालाको रोगले थलिएका बागलुङ भिङगिठेका रमेश दमाईको उपचारका लागि विभिन्न ठाउँबाट सहयोग जुटिरहेको छ । रमेशको उपचारका लागि देश विदेशबाट सहयोग जुटिरहेको हो । यस्तै, बेलायतमा बस्ने नेपालीहरुले रकम संकलन गरी रमेशको उपचारार्थ सहयोग गरेका छन् । 
 
बेलायतको आस्फोर्ट सेन्टमा बस्दै आएकी इन्दिरा थापा लुङ्गेलीले साथीहरुसँग मिलेर संकलन गरी पठाएको ७५ हजार रुपैयाँ रमेशलाई हस्तान्त्रण गरिएको छ । बेलायतबाट लुङ्गेलीले संकलन गरी पठाएको सहयोग रकम रमेशको उपचार भइरहेकै केएमसी अस्पताल सिनामंगल पुगेर सञ्चारकर्मी कलम रानाले हस्तान्तरण गरे ।
 
हस्तान्तरण भएको रकम रमेशको उपचारार्थ खोलिएको खातामा जम्मा भएको छ । बाग्लुङको बुर्तिवाङस्थित नेपाल बैंक लिमिटेड शाखामा रमेशको आमाको नाममा रहेको खातामा हाल सम्म चार लाख बढी रकम जम्मा भइसकेको छ । फोर्स बहादुर केसीको संयोजकत्वमा अपाङ्ग रमेश दमाईको संरक्षक समिति समेत गठन भएको छ ।  
 
‘माइला रमेश’
सात वर्षअघि आफै हिड्ने बाग्लुङका रमेश दमाई (दर्जी) अहिले १० वर्षका भए । सात वर्षको उमेरपछी उनको जिउको पुरानो छाला आफै हराउँदै गयो । नयाँ छाला बाक्लो र दह्रो हुदै आयो । टाउकोको छाला सेतो दह्रो छ । हात खुट्टा, जिउ र अनुहारको छाला कालो भएको छ । रमेशका बुबा नन्दबहादुर दमाई (दर्जी)ले भने, ‘सात वर्ष पुगेपछी राम्रो छाला हट्दै गयो, नयाँ छाला बाक्लो न बाक्लो डर लाग्दो भएर आयो, नयाँ छालाले छोपेसंगै हात र खुट्टा समेत कुम्लो परे, हिडडुल गर्न नमिल्ने भयो ।’ अहिले रमेशलाई यता यता सार्न समेत बोक्नु पर्दछ । 
 
काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालको चौथो तल्ला ‘क्याविन २१’ नम्बर कोटामा छोराको लुगा र औधीका पोका मिलाईरहेका बुबा नन्दबहादुरले पहिलेको तुलनामा छाला निकै फेरिएको सुनाए । उनले भने, ‘दुई महिना सम्म छालाको औषधी खुवाईसकेपछी डाक्टर सावले अपरेशन गर्ने भन्नु भएको छ ।’ छालाको रोगबाट ग्रसित रमेशको केएमसीमा निशुल्क उपचार भइरहेको छ । 
 
रमेश पूर्ण रुपमा निको नभएपनि हड्डीको अपरेशन गरे हिड्न सक्ने हुने छन् । स्वास्थ्यकर्मीहरुका अनुसार मूल समस्या छालाको हो । हड्डी, दाँतलगायत नशाका चिकित्सक सबैले उनलाई हेरिरहेका छन् । हात खुट्टा पुरै भाँचिएको जस्तै कमजोर छ । बाग्लुङ भिङगिठे गाविस –५ गावईका ३६ वर्षिय नन्दबहादुरका चार छोरा छन् । रमेश माइला हुन् । जेठो सन्दीप १३ वर्षका छन् । उनी कक्षा सातमा पढिरहेको नन्दबहादुरले सुनाए । रमेश पछि ६ वर्षका प्रदिप र १ वर्षका प्रविन गरी चार छोरा रहेको नन्दबहादुरले बताए । श्रीमती नरकुमारी दमाई (दर्जी)ले २४ वर्षको उमेरमै चार सन्तानलाई जन्म दिइसकेकी छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ