arrow

इराकी सैनिक विमान दुर्घटनाग्रस्त नौ जनाको मृत्यु

logo
प्रकाशित २०७२ फागुन ५ बुधबार
army.jpg.jpeg
बग्दाद (इराक) । इराकको एउटा सैनिक हेलिकोप्टर मङ्गलबार दिउँसो दुर्घटना हुँदा विमानमा सवार सबै नौ जनाको मृत्यु भएको  सुरक्षा प्रवक्ताले बताएका छन् । विमानमा एक्कासी प्राविधिक समस्या बग्दादको दक्षिणस्थित एक सहर नजिकै दुर्घटना भएको थियो । उडिरहेको एमआई–१७ नामक सैनिक हेलिकोप्टरमा प्राविधिक समस्या आएपछि ठूलो विस्फोटको आवाजसहित दुर्घटना भएको सैनिक ब्रिगेडिएर जनरल याहया रसुलले बताए । 
 
पूर्व सोभियत सङ्घद्वारा डिजाइन गरिएको हेलिकोप्टर सैनिक खाद्यान्नलगायत हतियार बोकी इराकको दक्षिणी मुख्य सहर बास्राबाट कुटका लागि छुटेको थियो । कुटका एक प्रहरी इन्चार्जका अनुसार हेलिकोप्टर कुट सहरको पूर्वमा दुर्घटनाग्रस्त भएको थियो । इराकमा पछिल्ला वर्षमा सेनाद्वारा प्रयोग गर्ने गरेका विमान (हेलिकोप्टर) दुर्घटनामा वृद्धि भएको एक अध्ययनले देखाएको छ । 
 
सन् २०१४ को अप्रिलमा पनि एउटा सैनिक हेलिकोप्टर दुर्घटना हुँदा सैनिक लेफ्टिनेन्ट जनरल हसन करिम खुदायरको मृत्यु भएको थियो । यस्तै एमआई–१७ नामक हेलिकोप्टर पनि इराकको राजधानी बग्दाद सहर नजिकै सन् २०१० मा दुर्घटनाग्रस्त भएको थियो । उक्त हेलिकोप्टरमा यात्रारत् पाँच जनाको आकाशमै मृत्यु भएको थियो । इराकमा पछिल्ला वर्षहरुमा विभिन्न विद्रोही समूहले उडिरहेका विमानलाई जमिनबाट गोली हानी खसाल्ने गरेका घटना पनि प्रशस्तै छन् । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ