arrow

हङकङसँग खेल्दा जित्नैपर्ने दबाबमा नेपाल

logo
प्रकाशित २०७५ भदौ १८ सोमबार
asia-cup-qualifying.JPG

काठमाडौँ । नेपाल र हङकङ मलेसियामा जारी एशिया कप छनोट क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा मङ्गलबार भिड्ने भएका छन् । 

चार खेलमा दुई जित र दुई हारका साथ नेपाल अङ्क तालीकामा चौथो स्थानमा छ । हङकङ दुई जित र एक हारका साथ तेस्रो स्थानमा छ । नेपाल ओमान र संयुक्त अरब इमिरेट्स ९युएइ०सँग पराजित भएको थियो भने आयोजक मलेसिया र सिङ्गापुरलाई हराएको थियो । छनोट खेलको फाइनल पुग्न नेपालले हङकङलाई फराकिलोअन्तरले पराजित गर्नुपर्नेछ भने ओमानले युएईलाईसमेत फराकिलो अन्तरले पराजित गर्नुपर्नेछ । 

चार खेलमध्ये तीनमा जितका साथ ओमान अङ्क तालीकाको शीर्ष स्थानमा छ । यससँगै ओमान ७ अंकका साथमा सबैभन्दा अगाडि रहेको छ । यस्तोमा फाइनलमा पुग्ने उसको सम्भावना बलियो बनेको छ । दोस्रो स्थानमा रहेको यूएईसँग ६ अंक रहेको छ भने हङकङ ५ अंकको साथ तेस्रो स्थानमा रहेको छ । यस्तोमा दुई अंकको साथमा पाँचौं स्थानमा रहेको मलेसिया र अंकविहीन सिँगापुरको सम्भावना सकिइसकेको छ । 

मंगलबारको खेलमा जित हासिल गरेको खण्डमा ओमान, यूएई र हङकङले भने सोझै फाइनल खेल्न पाउनेछन् । नेपालले झिनो अन्तरले मात्र जितेको खण्डमा यूएईले हारको बाबजुद पनि फाइनलमा आफ्नो स्थान सुरक्षित गर्नेछ । 

त्यसका साथै अर्को कुनै पनि रिजर्व दिन नरहेको कारण सोमबारको खेलमा यूएई र ओमान तथा नेपाल र हङकङ मध्ये कुनै एक खेल वर्षाको कारण रद्द भएमा पनि नेपालको सम्भावना सकिनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ