arrow

पेट्रोलियम पदार्थ ढुवानी गर्ने चालकहरु आन्दोलित, आपूर्तीमा कठिनाइ हुन सक्ने

logo
प्रकाशित २०७५ भदौ १८ सोमबार
kerung-petrol.jpeg

काठमाडौं। नेपाल पेट्रोलियम ट्याङकर चालक संघ आन्दोलनमा उत्रने भएको छ। संघले भदौ २० गतेबाट आन्दोलनमा जाने गरि विविध कार्यक्रम सार्वजनिक गरेको छ। 

तलव वृद्धी लगायत १८ बुँदे माग राखि वाणिज्य तथा आपूर्ती मन्त्रालय लगायत सरोकारवाला निकायहरुसँग राखेको माग सम्वोधन गर्न तदारुकता नदेखाएको भन्दै संघले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो। 

संघले भदौ २० गते आयल निगमको डिपोमा विरोधस्वरुप कोणसभा गर्ने, २१ गतेदेखि ट्याङकरहरुमा कालो झण्डा राखी विरोध गर्ने उल्लेख छ। २६ गतेसम्म पनि संघले राखेको माग पुरा नभए भदौ २७ देखि पेट्रोलियम पदार्थ नउठाउने संघले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। 

भदौ ३० गतेसम्म पनि मागहरु सम्वोधन नभए ३१ गतेबाट पेट्रोलियम ढुवानी गर्ने सवारी साधनको साँचो पेट्रोलियम ढुवानी व्यवसायी महासंघमा बुझाउने संघका अध्यक्ष ईश्वर लामाले जानकारी दिएका छन्। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ