- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
झापा। झापामा १४ बर्षीया किशोरी सामुहिक बलात्कारमा परेकी छन्। गत साउन २९ गते दमकस्थित गेस्टहाउसमा लगेर तीन युवकले प्रतिकारबीच सामुहकि बलात्कार गरेको डीएसपी श्यामकुमार सुब्बाले बताए। पीडक पक्षको दबाबले घटना ढिलो सार्वजनिक भएको हो।
दबाबकै कारण कक्षा ९ मा पढ्ने किशोरी विद्यालय जान पाईरहेकी छैनन्। उनी माइती नेपाल काँकडभिट्टाको संरक्षणमा छिन्। बलात्कारका आरोपीहरु दमक नगरपालिका १ का सुमन राई, समीर श्रेष्ठ र कमल गाउँपालिका ५ का किरण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। (कान्तिपुर दैनिक)