arrow

दुई किलो सुनसहित एक जना पक्राउ

logo
प्रकाशित २०७५ भदौ १९ मंगलबार
gold-pure.jpeg.jpeg

चितवन। प्रहरीले आज अवैध रुपमा राखिएको दुई किलो ७६ ग्राम सुन र चार किलो चाँदी बरामद गरेको छ। नारायणगढस्थित पुतलीबजारमा रहेको न्यू गणेश सुनचाँदी पसलबाट सो परिमाणको सुन र चाँदी बरामद गरिएको हो।

नेपाल प्रहरी ३ नं प्रदेश कार्यालय र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले प्राप्त सूचनाका आधारमा पसल सञ्चालक भारत घर भएका राजेन्द्र शिवाजी पटेललाई सो परिमाणको सुन चाँदीसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ।

जिल्लाका सुनचाँदी व्यवसायीले राष्ट्र बैंकले पर्याप्त सुन नदिएको भन्दै आन्दोलन गरिरहेको बेला अवैध सुन चाँदी बरामद भएको हो। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ