तोकिएको समय भन्दा डेढ बर्ष अघी नै दुई पुल निर्माणको काम सकियो, प्रचण्डले गरे उद्घाटन
प्रकाशित २०७५ भदौ २० बुधबार
198
Shares
सिन्धुली। पप्पु कन्ट्रक्सनसहितका केहि निर्माण कम्पनीहरुले एउटा पुल सम्झौताको आठ वर्षमा पनि नबनाइरहेका बेला सिन्धुलीमा दुईवटा पुल सरकारले तोकेको समयावधि भन्दा डेढ वर्षअघि नै पुरा भइ उद्घाटन भएका छन् ।
सिन्धु्लीस्थित मरिण खोला र कमला खोलामाथिका दुई पक्की पुल निर्माण कम्पनी रसुवा कन्सट्रक्सनले सम्झौता समय भन्दा डेढ वर्षअघि नै निर्माण पुरा गरेर बुधवार उद्घाट भएको हो।
यी मध्ये सिन्धुलीको मरिण गाउँपालिकाको वडा नम्बर ३ र ४ जोड्ने मरिणखोलामा बनेको पक्की पुलको बुधबार उद्घाटन गरिएको छ । पुलको उद्घाटन नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक समारोहबीच बुधवार गरेका हुन् ।
पुल उद्घाटनका क्रममा अध्यक्ष दाहालले मरिण क्षेत्रकै समृद्धीको ढोका खोलेको पुल निर्माण तोकिएको समय भन्दा डेढ वर्षअघि नै सकिएकोमा हर्ष व्यक्त गरे ।
अध्यक्ष दाहालले ठेकेदार ठग र कर्मचारी घुस्याहा मात्र हुन्छन् भन्ने कुरालाई यस पुल निर्माणमा संलग्न कम्पननीले पाठ सिकाएकोे बताए। समयमै गुणस्तरिय काम सम्पन्न गरेर रसुवा कन्स्ट्रक्सनले उच्च व्यबसायिकता प्रर्दशन गरेको उनले बताए। पुल उद्घाटनका क्रममा दाहालले राम्रो काम गर्नेलाई पुरस्कार र नराम्रो गर्नेलाइ दण्डित गर्ने परम्पराको थालनी भएको पनि जिकिर गरे ।