arrow

एशियन यु-१८ च्याम्पियनसीप फुटबलकालागि टोली घोषणा, दिनेश हेन्जन कप्तान

logo
प्रकाशित २०७५ भदौ २१ बिहिबार
ANFA-football.jpeg

काठमाडौ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आगामी असोज ४ गतेदेखि भारतको आग्रामा हुने एशियन यू–१८ च्याम्पियनसीपका लागि २० सदस्यीय नेपाली फुटबल टोली आज घोषणा गरेको छ । 

मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठलले दिनेश हेन्जनको कप्तानीमा २० सदस्यीय नेपाली टोली छनौट भएका छन्।  गोलकिपर विष्णुकुमार केसी, विशाल सुनार, सूर्य अधिकारी, डिफेन्डरमा विकास खवास, नवीन गुरुङ, राजेश गुरुङ, असिम गुरुङ, रणदीप पौड्याल सचित राई, मिडफिल्डरमा नितिन थापा, मनिस थापा, जय गुरुङ, सेसहाङ आङदम्बे, सुरज ठकुरी र अनिल महर्जन रहनुभएको एन्फा प्रवक्ता किरण राईले जानकारी दिए । 

त्यस्तै फरवार्डमा दिनेश हेन्जन (कप्तान), बुद्धबल तामाङ, रितिक खड्का, अनुरु गुरुङ र टीका गुरुङ तथा वैकल्पिक खेलाडीमा आकाश रानाभाट, पवन शाही, विवेक राई र दर्शन गुरुङ छन् । 

विराटनगरमा भएको बन्द प्रशिक्षकअन्तर्गत दोस्रो चरणमा छानिएका २४ खेलाडीबाट अन्तिम टोली घोषणा गरिएको हो । बाँकी चार खेलाडीलाई वैकल्पिक सूचीमा राखिएको छ । 

नेपाली टोलीको व्यवस्थापकमा रुपेश अधिकारी, प्रशिक्षकमा पासाङ तामाङ र गोलकिपर प्रशिक्षकमा चक्र तामाङ छन् । प्रतियोगिता असोज ४ गतेदेखि १४ गतेसम्म सञ्चालन हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ