arrow

निजामती कर्मचारीले ठोके जनप्रतिनिधिलाई ४ गोल

logo
दीपेन्द्र बस्नेत
प्रकाशित २०७५ भदौ २२ शुक्रबार
karmachari-janapratinidhi.jpg

पुनर्वास । १५ औं  राष्ट्रिय निजामती दिवसको अबसरमा कञ्चनपुरको पुनर्वासमा आज आयोजित फुटबल प्रतियोगितात्मक खेलमा  जनप्रतिनिधिहरुको टिमलाई  निजामतीले शुन्यको बिरूद्ध ४ गोलले पराजित गरेको छ।

जिल्लाको दक्षिणी क्षेत्रको पुनर्वासस्थित अरनिको युवा क्लबको खेल मैदानमा भएको खेलमा पुनर्वास नगरपालिका कार्यालय अन्तर्गत कार्यरत निजामती कर्मचारी र यहाँका जनप्रतिनिधिहरू बिच खेल प्रतिस्पर्धा भएको थियो । 

१५ औं  राष्ट्रिय निजामती दिवसको अबसर पारेर आयोजित गरिएको फुटबल खेलको मध्यान्तर अगावै दुई गोल र मध्यान्तर पछाडी दुई गोल गर्दै निजामती कर्मचारीको टीमले चार गोल हानेर जनप्रतिनिधि हरुको टिमलाई पराजित गरेको हो । 

भदौ १७ गते देखि सञ्चालित खेल असोज १ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ। खेलको प्रथम पुरस्कार ५०,००० रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ