चीनसँगको व्यापार विवाद अन्त्य गर्न वार्ता जारी : ह्वाइट हाउस
प्रकाशित २०७५ भदौ २२ शुक्रबार
725
Shares
वासिङ्टन। चीनसँगको व्यापार सम्वन्धी विवाद अन्त्य गर्नका लागि दुई पक्षीय वार्ता जारी रहेको शुक्रबार अमेरिकाले जनाएको छ। अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले चीनको व्यापार नीतिका बारेमा दुई पक्षीय वार्तामा छलफल भइरहेको जनाएको छ।
ह्वाईट हाउसका आर्थिक सल्लाहकार लारी कुडलोले शुक्रबार दिएको जानकारी अनुसार वार्ता सकारात्मक रूपमा अगाडी बढिरहेको छ र आशा गर्ने ठाउँ देखिएको छ।
“हामी लगातार छलफलमा छौँ, चीनले आफै समस्याको समाधान दिनेछ, अव यो भन्द समस्या हुनेछैन,” उनले भने। एएफपी