बझाङ । बाहुनले कुखुरा पाल्नु हुँदैन भन्ने गाँउले संस्कृतिलाई अन्त्य गर्दै थलारा गाँउपालिका –८ घर भएका टिकाराम जोशी अहिले कुखुराका अण्डा बिक्री गर्न दिन रात खटिरहेका छन् ।
अघिल्ला बर्षमा घर खर्चको जोहो गर्नका लागि भारतको दिल्लीमा बस्ने उनले गत बर्षबाट गाउँमै कुखुरा फार्म खेलेर अहिले गाउँपालिका भरि नै कुखुराका अण्डा बिक्री गर्ने उनी एक सफल उद्यमी बनेका छन् ।
आफ्नै लगानीले कुखुराको खोर निर्माण गरि अण्डा उत्पादन गर्ने प्रयोजनका लागी अस्टोपस र न्यू हेम्पसायर जातका कुखुराका चल्ला राखेर उहाँले दैनिक १० देखि १५ क्यारेट अण्डा बिक्री गर्दै आएको टिकाराम जोशी ले बताए ।
गाउँमै स्वारोजगार भएर गरिबी घटाउन बिस्खेतका जोशीले गरेको कुखुरापालन ब्याबसाय देखेर थलारा गँउपालिकाले पनि थप चार सय कुखुरा दिएपछि उनको कुखुरा फर्म अहिले फस्टाउदै गएको छ ।
यस क्षेत्रमा बोईलर कुखुरा पाल्ले केही किसानहरु थिए टिकारामले भने अण्डाको माग बढ्दै गएको तर यस गाँउपालिका भरि अण्डा उत्पादन गर्ने कुखुरा कसैले नराखेको हुँदा आफुले यो ब्यबसाय सुरु गरेको बताए । प्रति पिस रु १० मा बिक्री गर्ने उहाँको फर्ममा दैनिक चार पाँच सय अण्डाहरु उत्पादन हुने गर्दछन् ।
जोशीले अण्डा उत्पादन गर्न कुखुरा फर्म खोले पछि स्थानिय ब्यापारीहरुले अहिले धनगडीबाट अण्डा मगाउन छोडेको थलारा खोलीका ब्यापारी कमल बिष्टले भने तिन महिना भयो धनगडी बाट अण्डा ल्याउन छोडेका छौं ।
धनगढीबाट प्रतिक्यारेट चार सय मा ढवानी गर्नु पर्दथ्यो अहिल्य हामीले रु तिन सयमा प्रति क्यारेट अण्डा गाउँमै पाएको पनि उनले सुनाए । अण्डा उत्पादनका लागी थलारा गाँउपालिकाले टिकाराम जोशीसहित अन्य लक्ष्मी राज जोशी, मान बहादुर सुनार र शर्मिला ओझालाई पनि अण्डा पार्ने कुखुरा बितरण गरेपछि थलारा गाँउपालिका अहिले अण्डा उत्पादनका लागी पकेट क्षेत्र जस्तै भएको थलारा गाँउपालिकाका पशु सेबा शाखाका प्रमुख बाल्मिकी प्रसाद जोशीले बताईन् ।
उनले भन्नु भयो हामीले कुखुराका चल्ला दिएका हौ र अन्य औसधी वा प्राबिधिक सल्लाह नियमित दिदै आएका छौ । थलारा साथै जिल्लाका अन्य ठाँउबाट पनि अण्डाको माग बढ्दै गएपछि बेरोजगार युवाहरुका लागी यो व्यवसाय आर्कषण बन्दै गएको छ ।
रोजगारी नभएर छ महिना भारतका बिभिन्न सहरमा चौकीदारी गर्ने बझाङका युवाहरु गाँउपालिकाले यूवा स्वरोजगारका लागी थोरै सहयोगले थलाराका थुप्रै यूवाहरु आत्म निर्भर भएकाले अन्य गाँउपालिकाले पनि यूवा स्वरोजगारका लागी यस्ता कार्यक्रम ल्याउनु पर्ने गाँउपालिका अध्यक्ष भुवनेश्वर उपाध्यायले बताए ।
जिल्लामा अन्य उद्योग व्यवसाय नभएपनि जिल्लाका धेरै स्थानमा अहिले युवाहरुले कसैले बोईलर कुखुरा पालन गर्दै आएका छन् भन्नु भयो कोहि अण्डा उत्पादन गर्ने कुखुरा पालन त कसैले तरकारी बाख्रा पालन व्यवसाय गर्दै आएर आत्मर्निभर हुँदैछन् ।