बंगलादेशविरुद्ध बिमलको लङ फ्रिकिक गोल, नेपाल अगाडि
प्रकाशित २०७५ भदौ २३ शनिबार
809
Shares
काठमाडौँ । बङ्गलादेशको ढाकामा जारी साफ च्याम्पियनसीप फुटबलमा अहिले नेपालले बंगलादेशसंग खेलिरहेको छ । जितको निर्विकल्प लिएर मैदानमा उत्रिएको नेपालले अग्रता लिएको छ ।
३३ औं मिनेटमा बिमल घर्तीमगरले लङ फ्रिकिकमा गोल गरेका हुन् ।
बङ्गलादेशविरुद्धको खेलमा नेपालले दुई खेलाडी परिवर्तन गरेको छ ।
नेपालले भुटानविरुद्ध खेलेकामध्ये दुई खेलाडी परिवर्तन गरेको हो । बङ्गलादेशविरुद्ध पनि गोलकिपर किरण चेम्जोङले कप्तानी सम्हाल्नेका छन् ।
नेपालले अन्जन विष्टको स्थानमा भरत खवास र विशाल राईको स्थानमा निराजन खड्कालाई टोलीमा राखेको नेपाली प्रशिक्षक बालगोपाल महर्जनले जानकारी दिए ।
सेमिफाइनलमा स्थान बनाउन नेपाललाई यो खेल जित्नै पर्ने दबाब छ । पाकिस्तानले भुटानलाई ३–० ले पराजित गरेको अवस्थामा सेमिफाईनल पुग्न नेपाललाई जित्नै पर्ने दवाव छ । हार्यो कि आउट भयो ।